प्रिमियर इन्स्योरेन्स : कम्पनी विश्लेषण (बुधवार, १८ असार २०७६)
Jul 3, 2019
 
लगानी
कम्पनी विश्लेषण
कम्पनीले पूँजीवृद्धि गर्न लगानीकर्तालाई ८४ प्रतिशत बोनस शेयरको प्रस्ताव गरेको छ । यो प्रस्ताव पारित गर्न असार ३१ गते कम्पनीले वार्षिक साधारणसभा समेत बोलाएको छ । साधारणसभाका लागि असार २० गतेदेखि बुक क्लोज गर्ने भएकाले प्रस्तावित लाभांशका लागि असार १९ गतेसम्म शेयर कायम गर्नुपर्नेछ । बोनस शेयर कर प्रयोजनका लागि नगद लाभांश नभएकाले उक्त कर भने लगानीकर्ता आफैले बेहोर्नुपर्ने कम्पनीको भनाइ छ । हाल कम्पनीको चुक्तापूँजी रू. ५८ करोड ४० लाख छ । प्रस्तावित बोनस शेयर वितरण गरेपछि चुक्तापूँजी रू. १ अर्ब ७ करोड ४५ लाख ६० हजार पुग्नेछ । बीमा समितिले निर्जीवन बीमा कम्पनीको चुक्तापूँजी रू. १ अर्ब पु¥याउन निर्देशन दिएसँगै कम्पनीले पूँजीवृद्धिका लागि बोनस शेयर वितरण गर्न लागेको हो । मंगलवार कम्पनीको अन्तिम शेयरमूल्य रू. १ हजार १२९ कायम भएको छ । यस दिन शेयरमूल्य ११ अंक घटेको हो ।
कम्पनीको ६२ दिनको कारोबार अवधिको अन्तिम दिन म्याचिङ लो बुलिश आकृति भएको मैनबत्ती बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बुलिशमा रिभर्स हुने संकेत गर्छ । आरएसआई न्युट्रल जोन २३ दशमलव ९६ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १६ दशलमव ५८ विन्दुमा छ । उतारचढाव सामान्य छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखा र २६ दिने मूल्यरेखाभन्दा तल छ । मंगलवारको शेयरमूल्य रू. ९४१ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १ हजार १४ प्रतिरोध पाउनेछ । कम्पनीको मंगलवारको मूल्य ६२ दिनमा सबैभन्दा कम मूल्यमा छ ।