ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाल बैंक : कम्पनी विश्लेषण (बुधवार, १८ असार २०७६)

Jul 3, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
यस आर्थिक वर्षको चैत मसान्तसम्ममा रू. २ अर्ब २४ करोड नाफा कमाएको बैंकको वितरणयोग्य नाफा रू. १ अर्ब ६२ करोड १६ लाख ९६ हजार पुगेको छ । बैंकको चुक्तापूँजी रू. ९ अर्ब ८१ करोड ११ लाख ४८ हजार छ भने जगेडा कोष रू. १५ अर्ब ६१ करोड १० लाख ५४ हजार छ । प्रिमियमसहित चालू आर्थिक वर्षको शुरुआतमै एफपीओ जारी गरेको बैंकले यस वर्ष लगानीकर्ताको हात भने खाली बनाएको थियो । गत वैशाख २२ गते साधारणसभा सम्पन्न गरेको बैंकले लाभांशसम्बन्धी कुनै प्रस्ताव उल्लेख गरेको थिएन । चैत मसान्तसम्म प्रतिशेयर आम्दानी रू. ३० दशमलव ५२ रहेको बैंकको मंगलवारको शेयर कारोबारमा मूल्य रू. ३३७ कायम भएको छ ।

कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिनमा सेतो क्लोजिङ मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने अथवा बढ्ने कुनै पनि निश्चित संकेत गर्दैन । आरएसआई न्युट्रल जोन ६३ दशमलव ५२ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन २ दशमलव शून्य ३ विन्दुमा छ । उतारचढाव सामान्य देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाको बीचबाट माथि गएको छ । मंगलवारको शेयरमूल्य रू. ३३७ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ३३९ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ३२१ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)