ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आईएमई जनरल इन्स्योरेन्स : कम्पनी विश्लेषण (बुधवार, १८ असार २०७६)

Jul 3, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
कम्पनीले गतवर्षको सञ्चित मुनाफाबाट ५ प्रतिशत बोनस शेयर वितरणका लागि असार २९ गते साधारणसभाको आयोजना गर्ने भएको छ । कम्पनीले साधारणसभा प्रयोजनका लागि असार १५ गतेदेखि बुक क्लोज गरेको छ । यस आधारमा १५ गते आइतवार परेकाले उक्त बोनस शेयर पाउन असार १२ गते बिहीवारसम्म शेयर कायम गर्र्ने शेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्छन् । हाल कम्पनीको चुक्तापूँजी रू. ९७ करोड २० लाख छ । ५ प्रतिशत बोनस शेयर वितरण गरेपछि पूँजी रू. १ अर्ब २ करोड पुग्नेछ । यसअघि कम्पनीले १० बराबर ८ अनुपातमा हकप्रद शेयर जारी गरेको थियो । मंगलवार कम्पनीको शेयरमूल्य रू. ३६३ कायम भएको छ ।

कम्पनीको ६१ दिनको कारोबार अवधिलाई लिएर गरिएको मैनबत्ती विश्लेषणमा अन्तिम दिनमा सेतो ओपनिङ मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ३८ दशमलव ५४ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १६ दशमलव ७५ विन्दुमा छ । उतारचढाव सामान्य छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । मंगलवारको शेयरमूल्य रू. ३६३ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ४ सयमा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ३५५ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)