गुडविल फाइनान्स : कम्पनी विश्लेषण (बिहीवार, १९ असार २०७६)
Jul 4, 2019
 
लगानी
कम्पनी विश्लेषण
१ वर्षको कारोबार अवधिमा कम्पनीको शेयरमूल्य अधिकतम रू. १३८ र न्यूनतम रू. १११ पुगेको छ । बुधवार कम्पनीको शेयरमूल्य रू. १३३ कायम भएको छ । सो दिन कम्पनीको २ हजार ९२ कित्ता शेयर खरीदविक्री भएको छ । चालू आवको तेस्रो त्रैमासमा कम्पनीले रू. ३ करोड १४ लाख खुद नाफा कमाएको छ । यो गत आवको तुलनामा १६ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा कम्पनीले रू. २ करोड ७० लाख नाफा आर्जन गरेको थियो । तेस्रो त्रैमासमा कम्पनीको चुक्तापूँजी रू. ८० करोड पुगेको छ । गत आवको तुलनामा जगेडा कोषको रकम ११ प्रतिशत बढेर रू. १५ करोड ६१ लाख पुगेको छ । तेस्रो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ५ दशमलव २५ छ । प्रतिशेयर नेटवर्थ रू. ११९ दशमलव ५१ छ भने तरलता अनुपात ३१ दशमलव ६२ प्रतिशत छ ।
कम्पनीको ५८ दिनको कारोबार अन्तिम दिनमा सेतो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत देखाउँछ । आरएसआई न्युट्रन जोन ५८ दशमलव ८६ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १ दशमलव ३२ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा माथि छ । बुधवारको शेयरमूल्य रू. १३३ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १३८ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. १२९ मा टेवा पाउने देखिन्छ ।