नेको इन्स्योरेन्स कम्पनी : कम्पनी विश्लेषण (बिहीवार, १९ असार २०७६)
Jul 4, 2019
 
लगानी
कम्पनी विश्लेषण
कम्पनीले गत आवको नाफाबाट शेयरधनीलाई १२ प्रतिशत बोनस शेयर र शून्य दशलमव ६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको असार १७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । बीमा समितिबाट स्वीकृत भएपछि र कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीले उक्त लाभांश पाउनेछन् । बुधवार कम्पनीले बोनस शेयर प्रस्ताव गरेपछि शेयरमूल्य १४ अंक बढेर रू. ४९३ पुगेको छ । सो दिन कम्पनीको ९ हजार ७९१ कित्ता शेयर खरीदविक्री भएको छ ।
हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १७ करोड ६२ लाख छ । १२ प्रतिशत बोनस शेयर वितरण गरेपछि पूँजी रू. १ अर्ब ३१ करोड पुग्नेछ । कम्पनीले चालू आवको ९ महीनामा रू. २५ करोड १५ लाख नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा १९ प्रतिशत बढी हो । सो अवधिमा कम्पनीले रू. २१ करोड ३ लाख नाफा कमाएको थियो । चालू आवको तेस्रो त्रैमासमा कम्पनीले रू. १ अर्ब ४१ करोड बीमाशुल्क आर्जन गरेको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा १५ प्रतिशत बढी हो ।
कम्पनीको ६२ दिनको कारोबार अवधिको अन्तिम दिनमा टुप्पी र पुच्छर भएको सेतो मैनबत्ती बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ५२ दशमलव ३३ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ११ दशलमव ४२ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखा र २६ दिने मूल्यरेखाभन्दा माथि छ । बुधवारकोे शेयरमूल्य रू. ४९३ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ५१२ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ४६२ मा टेवा पाउने देखिन्छ ।