ज्योति विकास बैंक : कम्पनी विश्लेषण (बिहीवार, १९ असार २०७६)
Jul 4, 2019
 
लगानी
कम्पनी विश्लेषण
१ वर्षको कारोबार अवधिमा बैंकको शेयरमूल्य अधिकतम रू. १६५ र न्यूनतम रू. १३२ पुगेको छ । बुधवार बैंकको शेयरमूल्य रू. १५८ कायम भएको छ । सो दिन बैंकको ८ हजार ४५८ कित्ता शेयर खरीदविक्री भएको छ । बैंकले गत आवको नाफाबाट शेयरधनीलाई ८ दशमलव ४० प्रतिशत नगद लाभांश वितरण गरेको छ । बैंकले हाम्रो विकास बैंकलाई एक्विजिशन गरी ज्योेति विकास बैंकको नामबाट २०७५ चैत १५ गतेदेखि एकीकृत कारोबार गरेको छ । बैंकले चालू आवको तेस्रो त्रैमासमा रू. २८ करोड ५३ लाख नाफा कमाएको छ । यो नाफा गत आवकोे सोही अवधिको तुलनामा २८ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा बैंकको नाफा रू. २२ करोड २४ लाख थियो । चालू आवको तेस्रो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेकाले नाफामा वृद्धि भएको हो । बैंंकको चुक्तापूँजी रू. ३ अर्ब १० करोड पुगेको छ ।
कम्पनीको ६२ दिनको कारोबार अवधिको अन्तिम दिनमा ओपनिङ सेतो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत देखाउँछ । आरएसआई न्युट्रल जोन ५७ दशमलव ९३ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १ दशलमव ३५ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखा र २६ दिने मूल्यरेखाभन्दा माथि छ । बुधवारको शेयरमूल्य रू. १५८ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १६५ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. १५५ टेवा पाउने देखिन्छ ।