ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जानकी फाइनान्स : कम्पनी विश्लेषण (बिहीवार, १९ असार २०७६)

Jul 4, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
कम्पनीको शेयरमूल्य १ वर्षको कारोबार अवधिमा अधिकतम रू. २२७ र न्यूनतम रू. १६० पुगेको छ । बुधवार कम्पनीको शेयरमूल्य रू. १७९ कायम भएको छ । यो अघिल्लो दिनको तुलनामा ३ अंक बढी हो । कम्पनीले गत आवको नाफाबाट शेयरधनीलाई २२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव १६ प्रतिशत नगद लाभांश वितरण गरेको छ । चालू आवको ९ महीनामा कम्पनीको नाफा दुई गुणा बढेको छ । सो अवधिमा कम्पनीले रू. ५ करोड ६८ लाख नाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनीले रू. २ करोड ६५ लाख नाफा कमाएको थियो । चालू आवको चैत मसान्तसम्ममा कम्पनीले रू. ७ करोड ३३ लाख खराब कर्जा उठाउनुका साथै खुद ब्याज आम्दानी ३१ प्रतिशत बढाएकाले नाफामा वृद्धि भएको हो । कम्पनीको चुक्तापूँजी रू. ४९ करोड २१ लाख छ । कम्पनीको प्रतिशेयर आम्दानी (वार्षिक) रू. १५ दशमलव ३९, मूल्य आम्दानी अनुपात ११ दशमलव शून्य ५, तरलता अनुपात ३१ दशमलव ४४ र प्रतिशेयर नेटवर्थ रू. १४६ दशमलव २३ छ ।

कम्पनीको ५५ दिनको कारोबार अवधिको अन्तिम दिनमा सेतो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ५४ दशमलव २३ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । स्ट्यान्डर्ड डेभिएशन १ दशमलव ६७ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखा र २६ दिने मूल्यरेखाभन्दा माथि छ । बुधवारको शेयरमूल्य रू. १७९ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १८४ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. १७४ टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)