ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

समता लघुवित्त वित्तीय संस्था : कम्पनी विश्लेषण (शुक्रवार, २० असार २०७६)

Jul 5, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
गतवर्षको असार २१ गते प्रतिकित्ता रू. १ हजार ४१८ रहेको समता लघुवित्तको शेयरमूल्य २०७६ असार १९ गते रू. १ हजार १३८ मा आइपुगेको छ । १ वर्षको अवधिमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ६१२ सम्म पुगेको थियो भने सबैभन्दा कम प्रतिकित्ता रू. १ हजार २७ सम्म आइपुगेको थियो । कम्पनीको शेयरमूल्यमा १ वर्षको अवधिमा उच्च उतारचढाव रहेको देखिन्छ । हाल कम्पनीको चुक्तापूँजी रू. ५ करोड ६८ लाख छ । २ सय प्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँट गरेपछि पूँजी रू. १७ करोड ८२ लाख पुग्नेछ । हाल कम्पनीले १० जिल्लामा २४ शाखा कार्यालयबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ । आगामी दिनमा ६ ओटा शाखा कार्यालय थप गर्ने योजना कम्पनीको छ । कम्पनीले गत आवको नाफाबाट शेयरधनीलाई ६ दशमलव ६६ प्रतिशत बोनस शेयर वितरण गरिसकेको छ । चैत मसान्तसम्ममा कम्पनीले रू. १ करोड ४८ लाख नाफा कमाएको छ । कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक रू. ३४ दशमलव ८१ छ ।

कम्पनीको ५५ दिनको कारोबार अवधिको अन्तिम दिनमा कालो मैनबत्ती आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत देखाउँछ । कम्पनीको मूल्य खुलेको नै न्यून र बढेको नै उच्च भएको छ । आरएसआई न्युट्रन जोन ३८ दशमलव २२ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ९ दशमलव ७८ विन्दुमा छ । उतारचढाव सामान्य छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा हालको मूल्यरेखा २६ दिने औसत मूल्यरेखासँग नजकिएको छ भने १४ दिने रेखासँग टाढिएको छ । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । बिहीवारको शेयरमूल्य रू. १ हजार ३३८ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १ हजार १६६ मा प्रतिरोध पाउने देखिन्छ भने रू. १११८ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)