ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सानिमा बैंक : कम्पनी विश्लेषण (शुक्रवार, २० असार २०७६)

Jul 5, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
गतवर्षको असार २१ गते सानिमा बैंकको शेयरमूल्य प्रतिकित्ता रू. ३३५ मा कारोबार भएको थियो । १ वर्षको अवधिमा कम्पनीको शेयरमूल्यमा निकै उतारचढाव आएको छ । कम्पनीको शेयरमूल्य १ वर्षमा प्रतिकित्ता न्यूनतम रू. २९१ र उच्चतम रू. ३६५ सम्म पुगेको छ । २०७५ असार १० गते कम्पनीको शेयरमूल्य रू. ३५१ कायम छ । कम्पनीले गत आवको नाफाबाट शेयरधनीलाई १४ प्रतिशत नगद लाभांश वितरण गरेको छ । कम्पनी हाल मर्जरको खोजीमा छ । बैंकले चालू आवको तेस्रो त्रैमासमा रू. १ अर्ब ५७ करोड नाफा कमाएको छ । हाल बैंकको चुक्तापूँजी रू. ८ अर्ब छ । तेस्रो त्रैमाससम्ममा बैंकको वितरणयोग्य नाफा रू. १ अर्ब ११ करोड छ । प्रतिशेयर आम्दानी रू. २६ दशमलव ५२, मूल्य आम्दानी अनुपात ११ दशमलव ९९ र प्रतिशेयर नेटवर्थ रू. १४० दशमलव ३२ छ ।

कम्पनीको ५५ दिनको कारोबार अवधिको अन्तिम ३ दिनमा सेतो टुप्पी भएको मैनबत्ती बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य बढ्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ५३ दशमलव ४० विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । स्ट्यान्डर्ड डेभिएशन १ दशमलव ७८ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग जोडिएका छन् । २६ दिने औसत मूल्यरेखा र १ दिने मुल्यरेखा एकआपसमा जोडिएका छन् भने १४ दिने औसत मूल्यरेखा थोरै तल छ । हालको मूल्य यी दुई रेखाभन्दा थोरै माथि गएको छ । यसले आइतवार मूल्य बढ्ने संकेत गर्छ । बिहीवारको शेयरमूल्य रू. ३५१ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ३५९ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ३४६ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)