ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

समिट माइक्रोफाइनान्स : कम्पनी विश्लेषण (शुक्रवार, २० असार २०७६)

Jul 5, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
गतवर्षको असार २१ गते समिट माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ५ थियो । १ वर्षको अवधिमा सोही दिन शेयरमूल्य सबैभन्दा बढी पुगेको थियो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजारदेखि ओरालो लाग्दै हाल प्रतिकित्ता रू. ५३० मा आइपुगेको छ । कम्पनीले एक आवमा शेयरधनीलाई २३ दशमलव ५३ प्रतिशत बोनस शेयर वितरण गरेको छ । कम्पनीले साउन ४ गते विशेष साधारणसभाको आयोजना गर्ने भएको छ । सभामा अन्य संस्थासँग मर्जरमा जाने र मर्जरपछि कम्पनीले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव गरेको छ । सोही कारण यस दिन कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ । कम्पनीले चालू आवको ९ महीनामा रू. ४ करोड २८ लाख नाफा कमाएको छ । कम्पनीको चुक्तापूँजी रू. २१ करोड छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. २० दशमलव ४०, मूल्य आम्दानी अनुपात ३१ दशमलव ३७, तरलता अनुपात १३ दशमलव ७४ र प्रतिशेयर नेटवर्थ रू. १४२ दशमलव शून्य ४ छ ।

कम्पनीको ५५ दिनको कारोबार अवधिको अन्तिम दिनमा सेतो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत देखाउँछ । आरएसआई न्युट्रन जोन ५१ दशमलव २५ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १८ दशमलव २२ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र हालकोे मूल्यरेखा एकआपसमा जोडिएका छन् । १४ दिनको मूल्यरेखा २६ दिने औसत मूल्यरेखा र हाल मूल्यरेखाको बीचमा छ । १४ दिने रेखाले हालको मूल्यलाई तलबाट काटेको छ । बिहीवारको शेयरमूल्य रू. ५३० देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ५५० मा प्रतिरोध पाउने र सस्तिएमा रू. ४८० मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)