ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सामुदायिक लघुवित्त वित्तीय संस्था : कम्पनी विश्लेषण (शुक्रवार, २० असार २०७६)

Jul 5, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
२०७६ माघ ७ गतेदेखि नेप्सेमा कारोबार भएको सामुदायिक लघुवित्तको शेयरमूल्य रू. ५०५ थियो । त्यसपछि एकैपटक माघ २४ गते कारोबार भएको कम्पनीको मूल्य हालसम्मकै उच्च रू. ८५२ पुगेको थियो । सो विन्दुमा पुगेपछि ओरालो लागेको कम्पनीको शेयरमूल्य यस दिन प्रतिकित्ता रू. ५२६ मा आइपुगेको छ । कम्पनीले हालसम्म लाभांश प्रस्ताव गरेको छैन । चालू आवको तेस्रो त्रैमासमा कम्पनीले रू. १ करोड ७९ लाख नाफा कमाएको छ । कम्पनीको चुक्तापूँजी रू. १० करोड छ । प्रतिशेयर आम्दानी रू. २३ दशमलव ९४, मूल्य आम्दानी अनुपात २७ दशमलव १६ र प्रतिशेयर नेटवर्थ रू. १४८ दशमलव ९६ छ । हाल कम्पनीले ३४ ओटा शाखा कार्यालयबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ । यो आवको अन्त्यसम्ममा शाखा कार्यालय ४१ पुर्‍याउने कम्पनीको योजना छ ।

कम्पनीको ५५ दिनको कारोबार अवधिको अन्तिम दिनमा हरामी बियरिश आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने अथवा घट्ने कुनै निश्चित संकेत गर्दैन । यस्तो अवस्थामा कम्पनीको आधारभूत पक्ष हेरेर लगानी गरेमा राम्रो प्रतिफल पाउन सकिन्छ । हाल लगानीकर्तामा ‘पर्ख र हेर’को अवस्था सृजना भएको छ । आरएसआई न्युट्रल जोन ४४ दशमलव शून्य ६ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ८ दशमलव ९९ विन्दुमा छ । उतारचढाव सामान्य छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाको बीचमा छ । १४ दिने औसत रेखाले एकदिने रेखालाई माथिबाट काटेर तल गएको छ । बिहीवारको शेयरमूल्य रू. ५२६ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ६१७ मा प्रतिरोध पाउने र सस्तिएमा रू. ५ सयमा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)