ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सूर्योदय लघुवित्त : कम्पनी विश्लेषण (शुक्रवार, २० असार २०७६)

Jul 5, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
गतवर्षको असार २१ गते सूर्योदय लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ५९० मा कारोबार भएको थियो । १ वर्षको अवधिमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता अधिकतम रू. १ हजार ७८६ पुगेको थियो । कम्पनीले शेयरधनीका लागि ४२ दशमलव ७५ प्रतिशत बोनस र २ दशमलव २५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेपछि शेयरमूल्य समायोजन भई कम्पनीको मूल्य रू. ९८० मा आइपुगेको हो । त्यसपछि बजार घट्दै आएकाले कम्पनीको शेयरमूल्य असार १९ गते प्रतिकित्ता रू. ७९३ मा आइपुगेको छ । बिहीवार कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ । कम्पनीले चालू आवको तेस्रो त्रैमासमा रू. २ करोड ६५ लाख १५ हजार नाफा कमाएको छ । कम्पनीको चुक्तापूँजी रू. १० करोड ७९ लाख १९ हजार पुगेको छ । कम्पनीले हकप्रद तथा बोनस शेयर जारी गरेपछि पूँजी बढेको हो । कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक रू. ३२ दशमलव ७६ पैसा छ भने प्रतिशेयर नेटवर्थ रू. १६४ दशलमव ८२ पैसा छ ।

कम्पनीको ५५ दिनको कारोबार अवधिको अन्तिम दिनमा सेतो मुडुलो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत देखाउँछ । आरएसआई न्युट्रन जोन ५७ दशमलव ६६ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ४४ दशमलव ५५ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्यरेखाले १४ दिने र २६ दिने औसत मूल्यरेखालाई तलबाट काटेर माथि गएको छ । यसले कम्पनीको मूल्य यस दिन उच्च अंकले बढेको संकेत गर्छ । बिहीवारको शेयरमूल्य रू. ७ हजार ९३ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ८३२ मा प्रतिरोध पाउने र सस्तिएमा रू. ६६७ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)