ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

साताको शेयर बजार : रू.२ अर्ब ६६ करोड बराबरको कारोबार

Jul 6, 2019  
समाचार नेप्से विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य

असार २१,काठमाडौं । धितोपत्र बजारमा यस साता कूल १७७ कम्पनीको १ करोड ६० लाख ९९ हजार ९६३ कित्ता शेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर रू.२ अर्ब ६६ करोड ९७ लाख ९ हजार १७२ मूल्य बराबरको कारोबार भयो । अघिल्लो साताको बिहीवार १ दशमलव १४ बिन्दुले घटेर १ हजार २५७ दशमलव१५ बिन्दुमा पुगेर बन्द भएको कारोबार मापक नेप्से परिसूचक यस साताको पहिलो दिन भने दोहोरो अंकले घट्यो । स्टकका अनुसार कारोबार मापक नेप्से परिसूचक १२ दशमलव २७ बिन्दुले घटेर १ हजार २४४ दशमलव ८९ बिन्दुमा झर्‍यो । सो दिन ठूला कम्पनीको शेयर कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक १ दशमलव ९२ बिन्दुले घटेर २६९ दशमलव २४ अंकमा पुग्यो । नेप्से घटे पनि कारोबार रकममा भने सामान्य सुधार भयो । कूल १७२ कम्पनीको २३ लाख ६१ हजार ५०० कित्ता शेयर रू. ६४ करोड ५० लाख ९९ हजार ३७ मूल्यमा खरीद विक्री भए । यस्तै सोमवार कूल १२ लाख २१ हजार ४०० कित्ता शेयर रू. ३७ करोड ४७ लाख २५ हजार ७५ मूल्यमा कारोबार भयो । कूल १६९ कम्पनीको शेयर कारोबार भएको सोमबार नेप्से सामान्य अंकले घट्यो । नेप्से १ हजार २४२ दशमलव ०३ बिन्दुमा ओर्लियो । लगातार ओरालो लाग्दै आएको शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक मंगलवार भने दोहोरो अंकले वृद्धि भयो । सो दिन नेप्से परिसूचक ११ दशमलव ०२ बिन्दुले बढेर एक हजार २५३ दशमलव ०६ मा पुग्यो । ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.४३ बिन्दुले बढेर २६९ दशमलव ९६ मा पुग्यो । नेप्से परिसूचक बढे पनि कारोवार रकममा भने अपेक्षित वृद्धि हुनसकेन । कूल १७० कम्पनीको १४ लाख ६६ हजार ८९७ कित्ता शेयर रु ४२ करोड ९४ लाख ७७ हजार २८८ मूल्यमा कारोवार भयो । मंगलवार दोहोरो अंकले वृद्धि भएको नेप्से परिसूचक बुधवार पनि दोहोरो अंकले वृद्धि भयो । सो दिन परिसूचक १५दशमलव ६२ अंकले बढेर एक हजार २६८ दशमलव ६८ विन्दुमा पग्यो । यस्तै ठूला कम्पनीको कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक ३ दशमलव ०२ अंकले बढेर २७२ दशमलव ९८ विन्दुमा पुग्यो । कूल १७४ कम्पनीका २० लाख ६४ हजार ९१३ कित्ता शेयर रु ५५ करोड २ लाख ४७ हजार ८१३ मा खरीद विक्री भए । मंगलवार र बुधवार दोहोरो अंकले उकालो लागेको नेप्से परिसूचक साताको अन्तिम दिन बिहीवार भने आठ अंकले घट्यो । स्टकका अनुसार नेप्से ८ दशमलव २७ बिन्दुले घटेर १ हजार २६० दशमलव ४७ मा झर्‍यो । नेप्से ओरालो लागे पनि कारोवार रकममा भने वृद्धि भयो । कूल १७७ कम्पनीको ८९ लाख ८५ हजार ३५३ कित्ता शेयर रू. ६७ करोड १लाख ६९ हजार ९२९मा खरीद विक्री भए । दुई कम्पनीको शेयर सूचीकृत यस साता विभिन्न दुई कम्पनीको शेयर सूचीकृत भए । माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको १ लाख २० हजार कित्ता शेयर लाभांश सूचीकृत भए । यस्तै नेरुडे लघुवित्त वित्तीय संस्थाको ५ लाख १८ हजार ६७० कित्ता शेयर लाभांश सूचीकृत भएको नस्टकले बताएको छ । यस साता पनि बजारमा वाणिज्य बैंकहरुकै बोलवाला रह्यो । बजार पूँजीकरणका आधारमा पनि वाणिज्य बैंकहरु नै शीर्ष १० मा परेका छन् । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड शीर्ष स्थानमा रहँदा नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, स्ट्याण्र्डड चार्टड बैंक, एभरेष्ट बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, हिमालयन बैंक, एनआइसि एशिया, नेपाल एसबिआई बैंक र कृषि विकास बैंक शीर्ष स्थानमा रहे । बजार पूँजीकरणमा कृषि विकास बैंक गत सातादेखि उत्कृष्ट १० मा पर्न सफल भएको छ । रासस
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)