ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

धितोपत्र बजारमा लघुवित्तको उपस्थिति बढ्दो

Jul 7, 2019  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary NA
author avatar लक्ष्मी शर्मा
काठमाडौं । पछिल्लो समय धितोपत्र बजारमा लघुवित्त कम्पनीहरूको उपस्थिति बढ्दै गएको छ । प्राथमिक बजारमा पनि आईपीओ जारी गर्ने कम्पनीदेखि दोस्रो बजारमा शेयर किन्नेको संख्या बढेको देखिन्छ । दोस्रो बजारमा लघुवित्तको शेयरमूल्य अन्य कम्पनीको भन्दा धेरै भएकाले पनि लघुवित्त कम्पनीमा आकर्षण देखिएको हो । सोही कारण लघुवित्त कम्पनीले आईपीओमा धेरै गुणा बढी आवेदन पर्ने गर्छ । १ सयको लगानी २ वा ३ महीनामा १ हजारभन्दा बढी पुग्ने भएकाले लघुवित्तको शेयरमा आकर्षण बढेको लगानीकर्ताहरू बताउँछन् । हालसम्म नेपाल स्टक एक्सचेन्जमा ४६ लघुवित्त कम्पनी सूचीकृत छन् । पछिल्लो समय आईपीओ जारी गरेका कम्पनीमध्ये इन्फिनिटी लघुवित्त र जनसेवी लघुवित्तको आईपीओ सूचीकृत हुन बाँकी छ । नेपाल राष्ट्र बैंकले वैशाख मसान्तसम्ममा ९३ लघुवित्तलाई कारोबार गर्न स्वीकृति दिएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था एकआपसमा मर्जरमा जान निर्देशन दिएसँगै कतिपय कम्पनीले मर्जरको प्रस्ताव गरेका छन् । लघुवित्त कम्पनीको संख्या बढी भएपछि राष्ट्र बैंकले स्थापनाको स्वीकृति दिन रोक लगाएको छ । बजारमा सूचीकृत भएका र राष्ट्र बैंकबाट स्वीकृति पाएका कम्पनीहरूलाई समेत मर्जरमा जान निर्देशन दिएको छ । कतिपय लघुवित्तले आफ्नो साधारणसभामा मर्जरको प्रस्ताव समेत राखेका छन् । नाफामा अगाडि निर्धन चालू आवको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका सूचीकृत लघुवित्तमध्ये विजय लघुवित्तको नाफा घटेको छ भने बाँकी सबै कम्पनीले उल्लेख्य बढाएका छन् । चौतारी लघुवित्त, ग्लोबल आईएमई लघुवित्त, समता लघुवित्त, नेरुडे लघुवित्त र स्पर्श लघुवित्तको नाफामा २ गुणाभन्दा बढी वृद्धि भएको छ । सबैभन्दा बढी नाफा निर्धन उत्थान लघुवित्तले कमाएको छ । कम्पनीले रू. ५२ करोड ५० लाख नाफा कमाएको हो । तीन लघुवित्त कम्पनीको आईपीओ आउँदै नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट तीन लघुवित्त कम्पनीले आईपीओ जारी गर्ने स्वीकृति पाएका छन् । आँधीखोला लघुवित्त वित्तीय संस्था, घोडीघोडा लघुवित्त र सबैको लघुवित्तले आईपीओ जारी गर्न स्वीकृति पाएका हुन् । घोडीघोडा र आँधीखोला लघुवित्तले आईपीओ जारी गर्ने मिति पनि तोकिसकेका छन् । घोडीघोडा लघुवित्तले असार २० गतेदेखि १ लाख ३२ हजार ६ सय कित्ता आईपीओ निष्कासन गर्दै छ भने आँधीखोला लघुवित्तले असार २२ गते देखि ४ लाख कित्ता आईपीओ ल्याउँदै छ । सबैको लघुवित्त वित्तीय संस्थाले आईपीओ जारी गर्न असार १३ गते स्वीकृति पाएको छ । कम्पनीले ५ लाख ३० हजार कित्ता आईपीओ जारी गर्नेछ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)