जीवनमा दुःख, अभाव र समस्या जो कसैलाई हुन सक्छ । तर यसमा हार खाने मानिसहरूको जीवन दुःखमै बित्छ भने यस्ता चुनौतीको सामना गर्दै अघि बढ्नेहरू सफल बन्छन् । यसका लागि चाहिन्छ– आँट, दरिलो सोच र कसैको साथ । तनहुँ जन्म तथा कर्म थलो भएकी रजनी थापाको जीवनमा पनि यही कुरा लागू हुन्छ ।
रजनीको बाल्यकाल सामान्य ढंगले बितेको थियो । उच्च शिक्षा पढ्दै गर्दा २०५७ वैशाख १७ गते उनको विवाह भयो । माइतीमा खासै दुःख नगरेकी, बुबा आमाको काखकाखैमा हुर्की बढेकी उनले बिहेपछि एकैपटक जिम्मेवारीको ठूलो बोझले थिचेको महसूस गरिन् । उनी परिवारको जेठी बुहारी भएकाले सासु–ससुरालगायत सबैको ख्याल गर्नुपर्थ्यो । घरको दैनिक खर्च, नन्दहरूको पढाइको खर्च, चाडबाड आदिको खर्च परिवारमा एजनाको कमाइले धान्न धौ धौ परेको थियो । ‘जीवनमा त्यस्ता कठिन दिन पनि आउँदा रहेछन्,’ उनले भनिन्, ‘श्रीमानले २÷३ महीनामा पठाइदिएको ८/१० हजार कता जान्थ्यो कता ।’
जीवनको यात्रा धेरै लामो छ, सधैंभरि यस्तो अभावको जीवन बाँचेर कतिन्जेल चल्नु भन्ने प्रश्नले उनलाई बारम्बर सताइरह्यो । समय बित्दै जाँदा छोराको जन्म भयो । घर परिवारको आर्थिक समस्या, श्रीमान् विदेशिनुको पीडा, छोराको भविष्यको चिन्ता आदिले जीवन नै अन्धकारमय लाग्न थाल्यो रजनीलाई । तर पनि दुःखमा नआत्तिनू भन्ने सम्झँदै र चुनौतीको सामना गर्दै उनी अगाडि बढिन् ।
रातभर अनेक तानाबाना बुनेर यसो गर्छु र उसो गर्छु भन्दै कयौं रात छर्लंग पारेको सुनाउँछिन् रजनी । ‘जे गर्ने सोच बनाए पनि सबैभन्दा बलवान् त धन नै रहेछ,’ उनले भनिन्, आपूmसँग धन नभएपछि ऋण गरेरै भए पनि केही गर्ने आँट लिएर अगाडि बढ्न खोज्दा कसैले पत्याएनन् ।’ केही गर्न खोज्दा हात गोडा बाँधिएर बस्नुपरेको अवस्थामा छिमेक लघुवित्त रजनीका लागि सहयोग बनेर आयो । छिमेक लघुवित्तले दिएको तालीममा उनी सहभागी भइन् । ‘यसै क्रममा श्रीमान् पनि विदेशबाट आउनु भयो,’ उनले भनिन्, ‘यो लघुवित्तको बारेमा सबै कुरा सुनाउँदा उहाँ पनि खुशी हुनुभयो । यति राम्रो संस्थाको साथ पाएपछि तिमीले अब केही गर्नुपर्छ भनेर श्रीमान्ले थप हौसला दिनुभयो ।’
तर पनि कहिल्यै ऋण नलिएकाले रजनीलाई डर पनि लागेको थियो । ‘ऋण लिएर किस्ता कसरी तिर्ने होला, तिर्न नसकेर बेइज्जत हुने पो हो कि भनेर मनमा अनेक कुरा खेलिरहन्थ्यो,’ उनले विगत सम्झिइन्, ‘तर ऋणको सदुपयोग गर्यो भने उन्नति हुन्छ भन्ने बुझेर ऋण लिने अठोट गरेँ ।’ साथै व्यवसायमा सफलता पाउन सानोबाट शुरू गर्नुपर्छ भन्ने घरसल्लाहले उनले पशुपालन व्यवसायका लागि रू. १० हजार ऋण लिइन् । २ वर्षसम्म पशुपालनकै लागि सानो सानो ऋण लिएर व्यवसाय गरिरहेको अवस्थामा उनका श्रीमान् पनि विदेश नर्फकने गरी आए ।
व्यवसायबाट आएको आम्दानीको स्वाद चाखिसकेकी रजनीले श्रीमान्को सल्लाह र सहयोगमा पशुपालन व्यवसायसँगै किराना पसल पनि गर्ने योजना बनाइन् । ‘हाम्रो साथमा छिमेक लघुवित्त भएपछि व्यवसाय गर्न पैसाको अभाव पनि थिएन,’ उनले भनिन्, ‘त्यसपछि मैले किराना पसलका लागी ४५ हजार ऋण लिएँ ।’
किराना पसलबाट सोचेजस्तो आम्दानी र परिवारको साथ पाएपछि रजनीले पुनः १ लाख ५० हजार अनुशासन ऋण लिइन् । ‘व्यवसाय बढाउन आजसम्म ७ पटकमा रू. ११ लाख २५ हजार ऋण लिइसकेकी छु,’ उनले भनिन्, ‘यही ऋण लिएर गरेको उद्यम आज दुलेगौंडा बजारकै सबैभन्दा ठूलो र व्यस्त होलसेल पसल बन्न पुगेको छ ।’ ‘यो व्यवसाय साहू–महाजनबाट चर्को ब्याजमा ऋण लिएर गरेको भए अवश्य पनि यो सफलता प्राप्त हुने थिएन होला,’ उनले सम्झिइन्, ‘छिमेक लघुवित्तकै कारण यो सफलता पाउन सकेँ ।’
पसलको आम्दानीबाट रजनी दुलेगौंडामा घडेरीसमेत किन्न सफल भएकी छिन् । ‘छोराछोरीको राम्रो शिक्षदीक्षा दिन सकिएको छ,’ उनले भनिन् । आफूले गरेको प्रगति देखेर आफै दंग पर्ने उनी समूहको साथी लगायत अन्यको पनि आप्mनो जस्तो प्रगति होस् भन्ने चाहन्छिन् ।
सामग्री स्रोत : छिमेक लघुवित वित्तीय संस्था