ग्रीन डेभलपमेन्ट बैंक : कम्पनी विश्लेषण (सोमवार, २३ असार २०७६)
Jul 8, 2019
 
लगानी
कम्पनी विश्लेषण
१ वर्षको कारोबार अवधिमा बैंकको शेयरमूल्य अधिकतम रू. १४२ र न्यूनतम रू. १०२ पुगेको छ । आइतवार बैंकको शेयरमूल्य रू. ११८ कायम भएको छ । सो दिन बैंकको ३ हजार ६३५ कित्ता शेयर खरीदविक्री भएको छ । बैंकले यस आर्थिक वर्षको ९ महीनासम्ममा रू. १ करोड १ लाख ५२ हजार खुद नाफा कमाएको छ । यो नाफा गतवर्षको ९ महीनासम्म रू. २५ लाख २२ हजार थियो । गतवर्ष रू. १६ हजार सञ्चालन मुनाफा रहेको यस कम्पनीले यस वर्ष भने रू. १ करोड २७ लाख ७० हजार मुनाफा गर्न सफल भएको छ । हाल बैंकको चुक्तापूँजी रू. ४० करोड छ । कम्पनीले पूँजीवृद्धिका लागि ४ सय प्रतिशत हकप्रद जारी गरेको थियो । जगेडा कोषमा रू. १ करोड ८३ लाख ५९ हजार छ ।
कम्पनीको ६२ दिनको कारोबार अवधिको अन्तिम दिनमा सेतो क्लोजिङ मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ५५ दशमलव ७४ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । स्ट्यान्डर्ड डेभिएशन २ दशमलव ५७ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा माथि छ । आइतवारको शेयरमूल्य रू. ११८ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १२२ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ११२ टेवा पाउने देखिन्छ ।