नबिल बैंक : कम्पनी विश्लेषण (सोमवार, २३ असार २०७६)
Jul 8, 2019
 
लगानी
कम्पनी विश्लेषण
बैंकको ९० लाख कित्ता संस्थापक शेयर साधारणमा परिवर्तन भएको छ । हाल बैंकको शेयर स्वामित्व संस्थापकतर्फ ६० र साधारणतर्फ ४० प्रतिशत कायम छ । यस बैंकले तत्कालीन एनआईसीडी डेभलपमेन्ट बैंकले विक्री गरेको १० प्रतिशत संस्थापक शेयरलाई साधारण शेयरमा रूपान्तरण गरेको हो । हाल बैंकको चुक्ता पूँजी रू. ९ अर्ब १ करोड छ । बैंकले गत आवको नाफाबाट शेयरधनीलाई १२ प्रतिशत बोनस शेयर र २२ प्रतिशत नगद लाभांश वितरण गरिसकेको छ । आइतवार बैंकको शेयरमूल्य रू. ७९० कायम छ । यो अघिल्लो दिनको तुलनामा ८ अंक कम हो । आइतवार बैंकको ६ हजार ४८१ कित्ता शेयर खरीदविक्री भएको छ ।
कम्पनीको ६२ दिनको कारोबार अवधिको अन्तिम दिनमा सानो टुप्पी भएको कालो मैनबत्ती बनेको छ । यस्तो आकृतिले बैंकको शेयरमूल्य घट्ने संकेत देखाउँछ । आरएसआई न्युट्रल जोन ३७ दशमलव २६ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । स्ट्यान्डर्ड डेभिएशन ५ दशमलव ४६ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । १४ दिने औसत मूल्यरेखा र २६ दिने औसत मूल्यरेखाभन्दा हालको मूल्य तल छ । आइतवारको शेयरमूल्य रू. ७९० देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ८१० मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ७८४ मा टेवा पाउने देखिन्छ ।