ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कैलाश विकास बैंक : कम्पनी विश्लेषण (सोमवार, २३ असार २०७६)

Jul 8, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
बैंकको शेयरमूल्य १ वर्षको कारोबार अवधिमा अधिकतम रू. २४४ र न्यूनतम रू. २०४ पुगेको छ । प्राइम कमर्शियल बैंकले यस बैंकलाई प्राप्ति गर्ने सम्झौता भएसँगै शेयर कारोबार असार २२ गतेदेखि रोक्का भएको छ । बैंकले गतवर्षको नाफाबाट शेयरधनीलाई १७ प्रतिशत नगद लाभांश वितरण गरेको छ । बैंकले चालू आवको चैत मसान्तसम्ममा रू. ३९ करोड ६१ लाख नाफा कमाएको छ । बैंकले गत आवको सोही अवधिमा रू. ३९ करोड ९ लाख कमाएको थियो । हाल बैंकको चुक्ता पूँजी रू. २ अर्ब ५२ करोड छ । चालू आवको चैत मसान्तसम्ममा बैंकले रू. २९ अर्ब ४८ करोड निक्षेप संकलन गरेको छ भने रू. २६ अर्ब ५४ करोड कर्जा प्रवाह गरेको छ । सो अवधिमा बैंकको प्रतिशेयर आम्दानी रू. २१ दशमलव १७, मूल्य आम्दानी अनुपात १० दशमलव ११ र प्रतिशेयर नेटवर्थ रू. १४१ दशमलव ९९ छ ।

कम्पनीको ६२ दिनको कारोबार अवधिको अन्तिम दिनमा कालो ओपनिङ मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत देखाउँछ । आरएसआई न्युट्रल जोन ५५ दशमलव ५३ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । स्ट्यान्डर्ड डेभिएशन ३ दशमलव २६ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखा र २६ दिने औसत मूल्यरेखाभन्दा माथि छ । बिहीवारको शेयरमूल्य रू. २३८ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. २४० मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. २३१ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)