ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

माछापुच्छ्रे बैंक : कम्पनी विश्लेषण (सोमवार, २३ असार २०७६)

Jul 8, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
आइतवार बैंकको शेयरमूल्य २ अंक घटेर रू. २६३ कायम भएको छ । सो दिन बैंकको १८ हजार १९५ कित्ता शेयर खरीदविक्री भएको छ । बैंकले ३० लाख कित्ता ऋणपत्र जारी गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट असार ४ गते स्वीकृति पाएको छ । ३० लाख कित्तामध्ये १२ लाख कित्ता सर्वसाधारणका लागि र १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत संघसंस्थालाई विक्री गर्नेछ । बैंकले १० दशमलव २५ प्रतिशत ब्याजदरमा २०८५ सम्मका लागि ऋणपत्र जारी गर्न सेबोनमा निवेदन दिएको हो । विक्रीप्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड छ । बैंकले चैत मसान्तसम्ममा रू. १ अर्ब २४ करोड नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ४५ प्रतिशत बढी हो । सो अवधिमा बैंकले रू. ८५ करोड ४० लाख नाफा कमाएको थियो । बैंकको वितरणयोग्य नाफा रू. ९८ करोड १८ लाख छ ।

कम्पनीको ६२ दिनको कारोबार अवधिको अन्तिम दिनमा कालो ओपनिङ मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले बैंकको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ४५ दशमलव ३८ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । स्ट्यान्डर्ड डेभिएशन १ दशमलव ८५ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । १४ दिने औसत मूल्यरेखा र २६ दिने औसत मूल्यरेखाभन्दा हालको मूल्य तल छ । आइतवारको शेयरमूल्य रू. २६३ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. २६७ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. २६२ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)