ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कालिका पावर कम्पनी : कम्पनी विश्लेषण (सोमवार, २३ असार २०७६)

Jul 8, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
कम्पनीको ९ महीनाको कारोबार अवधिमा शेयरमूल्य अधिकतम रू. १२१ र न्यूनतम रू. ८९ पुगेको छ । आइतवारको कारोबारमा खरीद चापको तुलनामा विक्री चाप बढी छ । सो अवधिमा ८७० कित्ता शेयर खरीद गर्ने र ४७० कित्ता शेयर विक्री गर्ने माग थियो । कम्पनीले गोरखा जिल्लामा दरौंदी खोलाबाट ६ हजार किलोवाट क्षमताको जलविद्युत् उत्पादन गरी २०७३ साल मंसिर १२ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । हाल रू. ६० करोड बराबरको जारी पूँजी संस्थापक र सर्वसाधारणबाट चुक्ता गरी शेयर स्वामित्व संस्थापकतर्फ ७० प्रतिशत, सर्वसाधारणमा २० प्रतिशत र उद्योग प्रभावित स्थानीयका लागि १० प्रतिशत कायम भएको छ । कम्पनी रू. २ करोड ३३ लाख १८ हजार नाफामा छ । जगेडा कोषमा रू. ८१ लाख ७० हजार रहेको कम्पनीले विद्युत् विक्रीबाट रू. १३ करोड ६२ लाख ८६ हजार आम्दानी गरेको छ ।

कम्पनीको ६२ दिनको कारोबार अवधिलाई लिएर गरिएको मैनबत्ती विश्लेषणमा अन्तिम दिनमा सेतो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ४९ दशमलव ३९ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १ दशमलव शून्य १ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । आइतवारको शेयरमूल्य रू. ९३ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ९४ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ९१ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)