ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

व्यावहारिक शिक्षामा प्रतिबद्ध पिनाकल

Jul 9, 2019  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
ललितपुरको लगनखेलस्थित पिनाकल एकेडेमीले प्लस टूमा व्यवस्थापन, मानविकी र विज्ञान तथा स्नातक तहमा कानून, बीएमडब्ल्यू र बीबीएस अध्यापन गर्दै आएको छ । यस्तै बीएससी माइक्रोबायोलोजी र सीटीईभीटीअन्तर्गतको डिप्लोमा फार्मेसीको शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ । सक्षम जनशक्ति उत्पादनका लागि राज्यले निर्धारण गरेको पाठ्यक्रमभित्र रहेर प्रभावकारी शिक्षा प्रदान गरिरहेको कलेजका कार्यक्रम संयोजक ऋषि तिवारीले बताए । उनका अनुसार कलेजले पढाउने मात्र नभएर व्यावहारिक ज्ञान सिकाउने शिक्षण संस्कारको विकास गरेको छ । राम्रो व्यवस्थापन, अनुभवी तथा उत्प्रेरक शिक्षक, उपयुक्त शुल्क, सुरक्षित र आधुनिक भवन, अत्याधुनिक विज्ञान प्रयोगशाला, अडियो–भिजुअल प्रिजेन्टेशन रूम, पुस्तकालय, खेलकुद, होस्टेलसहितको भौतिक पूर्वाधार भएकाले विद्यार्थी र अभिभावकले यो कलेज रोज्ने गरेको तिवारीले बताए । कलेजले पावर प्वइन्ट प्रिजेन्टेशन, अडियो–भिजुअल प्रिजेन्टेशन, फिल्ड भिजिट, रिसर्च, टीम वर्कका कार्यक्रम, व्यक्तित्व तथा नेतृत्व विकास, संवाद कला, हाजिरीजवाफ तथा वादविवाद प्रतियोगिता, सृजनात्मक लेखन प्रतियोगिता, विषयगत अन्तरक्रिया लगायत कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)