नयाँ बानेश्वरबाट शंखमूल जाने बाटोमा अवस्थित लिभर पुल कलेजले छोटो समयमा शिक्षा क्षेत्रमा ठूलो प्रगति गरेको छ । शिक्षासँगै विद्यार्थीको जीवनलाई पनि सुरक्षित राख्नुपर्ने धारणा कलेजको छ । कलेजमा विज्ञान, व्यवस्थापन र मानविकी संकायमा भर्ना पढाइ हुन्छ । एक शैक्षिक सत्रमा ८ सय विद्यार्थीले लिभर पुलमा पढ्न पाउँछन् । त्यमध्ये विज्ञान संकायमा ५ सयजना, व्यवस्थापन संकायमा २५० जना र मानविकी संकायका लागि ६० जनाको कोटा छ । गुणस्तरीय शिक्षा दिने भन्दै कलेजले त्योभन्दा बढी विद्यार्थी नलिने बताएको छ ।
विषयगत शिक्षासँगै प्रयोगात्मक शिक्षालाई कलेजको प्रमुख विशेषताको रूपमा राखेको छ । ‘पढाइसँगै सिकाइ’ भन्ने धारणाबाट पढाइन्छ । त्यसमा मनोरञ्जनात्मक क्रियाकलाप, नैतिक शिक्षासम्बन्धी ज्ञान, अनुसन्धानलगायत प्रयोगात्मक पद्धतिबाट अध्यापन गराइन्छ । त्यसलाई दृष्टिगत गर्दै फूड स्टलको निर्माण गर्न लागेको छ । कलेजमा पढ्न प्रवेश परीक्षामा उत्तीर्ण हुन अनिवार्य छ । कलेजले विभिन्न वर्गका विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था गरेको छ ।