ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

स्तरीय शिक्षामा समर्पित बर्नहार्ट

Jul 9, 2019  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
काठमाडौंको बल्खुस्थित बर्नहार्ट कलेजले व्यवस्थापन र विज्ञान संकाय अध्यापन गर्दै आएको छ । १५ वर्षभन्दा लामो शिक्षण अनुभव भएका पाँचजना संस्थापकद्वारा स्थापित यस कलेजमा सबै शिक्षक पूर्णकालीन रहेको उप–प्रधानाध्यापक पुरुषोत्तम विष्टले बताए । विद्यार्थीलाई प्रदान गर्ने शिक्षाको गुणस्तरमा कमी नहोस् भन्ने सोचसहित सबै संस्थापक सदस्यसमेत अध्यापन कार्यमा लागेको उनले जानकारी दिए । कलेजले विज्ञान संकायमा ५ सयजना र व्यवस्थापनअन्तर्गत ३ सयजना विद्यार्थीका लागि भर्ना खुला गरेको छ । व्यवस्थापन संकायका लागि कलेजले मासिक शुल्क २ हजार २ सय ५० निर्धारण गरेको छ । त्यसैगरी विज्ञान संकायका लागि भने मासिक शुल्क ३ हजार २ सय ५० तोकेको छ । कलेजले विद्यार्थीका लागि छात्रवृत्तिको समेत व्यवस्था गरेको उनले जानकारी दिए । विभिन्न मापदण्डअनुसार विद्यार्थीले २५ देखि शतप्रतिशतसम्म छात्रवृत्ति पाउन सक्ने उनले जानकारी दिए । कलेजमा भर्ना हुन चाहने विद्यार्थीले विज्ञान अध्ययनका लागि एसएलसी नतीजामा न्यूनतम ६५ प्रतिशत अंक प्राप्त गर्नुपर्ने हुन्छ । त्यसैगरी व्यवस्थापनका लागि भने न्यूनतम अंक ५५ प्रतिशत तोकिएको छ । कलेजले विद्यार्थीलाई अध्ययनमा मेहनती बनाउन हरेक हप्ता परीक्षा आयोजना गर्ने गरेको विष्टले बताए । परीक्षा तालिका कलेजको शैक्षिक क्यालेन्डरमा समेत समावेश गरिएको छ । ‘हामी आफ्ना सबै विद्यार्थीले उत्कृष्ट नतीजा प्राप्त गरून् भन्ने चाहन्छौं,’ उनले भने, ‘त्यसैले विद्यार्थीको अध्ययनका लागि कलेजमा अनुकूल वातावरण निर्माण गरेका छौं ।’ विद्यार्थीले आफ्ना शैक्षिक समस्याको समाधान तथा सहयोगका लागि व्यवस्थापनसम्म सहज पहुँच बनाउन सकून् भन्ने यसको उद्देश्य भएको उनले बताए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)