ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ग्लोबलका विद्यार्थी विदेशमा अब्बल

Jul 9, 2019  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
काठमाडौंको मध्य बानेश्वरस्थित ग्लोबल कलेज अफ म्यानजमेन्टले अंग्रेजी माध्यममा व्यवस्थापन संकायको अध्यापन गराउँदै आएको छ । कलेजले राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत कक्षा ११ र १२ मा व्यवस्थापन संकाय तथा त्रिभुवन विश्वविद्यालयअन्तर्गत बीबीएस र एमबीएस संकायमा अध्यापन गराइरहेको छ । कलेजले व्यवस्थापन संकायको शिक्षण र अनुसन्धानमा प्रतिष्ठित केन्द्रको रूपमा स्थापित हुने लक्ष्य लिएको कलेजका प्रबन्ध निर्देशक खगेन्द्रप्रसाद ओझाले बताए । ‘ग्लोबल आफ्नो लक्ष्य र करीअर खोजिरहेका विद्यार्थीको पहिलो रोजाइ हो,’ उनले भने, ‘कलेजले गुणस्तरीय शिक्षामार्फत विद्यार्थीको प्रयोगात्मक शीप, व्यावसायिक क्षमता विकासमा जोड दिएको छ ।’ विद्यार्थीको सहजताका लागि सुविधासम्पन्न भौतिक पूर्वाधारसहित अतिरिक्त पाठ्यक्रम समेत अध्यापन गराइँदै आएको कलेजले बताएको छ । यसले विद्यार्थीको व्यक्तित्व विकासमा ठूलो टेवा पुगेको प्रबन्ध निर्देशक ओझाको भनाइ छ । उक्त कलेजमा आधुनिक पुस्तकालय, एसीसहितको सेमिनार हल, उच्चगतिको इन्टरनेटयुक्त कम्प्युटर ल्याबलगायतको व्यवस्था छ । विद्यार्थीको व्यक्तित्व विकासका लागि कलेजले उनीहरूलाई फिल्ड भिजिट, अनुसन्धानमूलक अध्ययन, प्रिजेन्टेशन, घटनाको अध्ययन लगायत विषयमा पनि अग्रसर गराउँदै आएको छ । कलेजबाट दीक्षित विद्यार्थी विदेशमा राम्रो अवसर पाउन सफल रहेको बताइएको छ । अन्तरराष्ट्रियस्तरको शिक्षा प्रदान गर्न कलेजसँग उत्कृष्ट शिक्षक, संरचनासहित अनुकूल वातावरण रहेको र प्रत्येक वर्ष कलेजले उत्कृष्ट नतीजा हासिल गरेको कलेजको दाबी छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)