ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सेन्ट लरेन्समा गुणात्मक शिक्षा

Jul 9, 2019  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary NA
author avatar आर्थिक अभियान
नेपालको शिक्षा क्षेत्रमा क्रियाशील सेन्ट लरेन्स माध्यमिक विद्यालय/कलेजले नेपालमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । यसको स्थापना सन् १९९७ मा भएको हो । काठमाडौंको चाबहिल पिपलबोटस्थित यो विद्यालय कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, मानविकी र कानूनमा गुणस्तरीय शिक्षाका लागि ख्यातिप्राप्त छ । विद्यार्थीको सफलतामा विद्यालयको निकै ठूलो भूमिका हुने यस विद्यालयले बुझेको छ । प्रतिभावान् विद्यार्थीलाई पनि विद्यालयले उचित र आवश्यक शैक्षिक मार्गदर्शन र सिकाइ दिन सके मात्रै ऊ प्रतिस्पर्धामा खरो उत्रन सक्ने यस विद्यालयको मान्यता छ । आजको शिक्षा अन्तरराष्ट्रिय स्तरको हुनु अत्यावश्यक छ । यस्तो परिवेशमा विद्यार्थीले सोही गुणस्तरको ज्ञान तथा दक्षता हासिल गर्न विद्यालयको शैक्षिक तथा अन्य सहयोगी वातावरण निकै महत्त्वपूर्ण हुने विद्यालयका प्रिन्सिपल पुरुषोत्तम महर्जनको भनाइ छ । ‘खासगरी उत्कृष्ट शिक्षक, शैक्षिक वातावरण, अतिरिक्त क्रियाकलापको व्यवस्था, अनुशासित र लगनशील विद्यार्थीका कारण सेन्ट लरेन्सले उत्कृष्ट नतीजा ल्याउँदै आएको छ,’ उनी भन्छन्, ‘त्यसकारण पनि नेपालका विभिन्न स्थानका विद्यार्थीका लागि सेन्ट लरेन्स शैक्षिक गन्तव्यका रूपमा पहिलो श्रेणीमा छ ।’ यस विद्यालयमा स्नातक तथा स्नातकोत्तर तहमा बीएस्सी सीएसआईटी, बीसीए, व्यवस्थापन, सामाजिक कार्य तथा मानविकी संकायअन्तर्गत पठनपाठन सञ्चालनमा भइरहेको छ । सेन्ट लरेन्सले पाठ्यक्रम अनुसारको शिक्षाका साथै अनुसन्धानात्मक तथा अन्तरक्रियात्मक अध्ययन पद्धतिमा आधारित कक्षाहरू सञ्चालन गर्ने गर्दछ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)