ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कृषि विकास बैंक : कम्पनी विश्लेषण (बिहीवार, २६ असार २०७६)

Jul 11, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
बैंकको शेयरमूल्य १ वर्षको कारोबार अवधिमा अधिकतम रू. ४३८ र न्यूनतम रू. २९२ पुगेको छ । बुधवार बैंकको शेयरमूल्य रू. ४०७ कायम भएको छ । सो दिन बैंकको २६ हजार ३१३ कित्ता शेयर खरीदविक्री भएको छ । चालू आवको तेस्रो त्रैमासमा रू. २ अर्ब २१ करोड नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा २३ प्रतिशत बढी हो । सो अवधिमा बैंकले रू. १ अर्ब ७९ करोड नाफा कमाएको थियो । बैंकको वितरणयोग्य नाफा रू. १ अर्ब ३२ करोड छ । हाल बैंकको चुक्ता पूँजी रू. १४ अर्ब ४४ करोड छ । बैंकले गत आवको नाफाबाट शेयरधनीलाई ६ प्रतिशत बोनस शेयर र १५ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश वितरण गरेको हो । नगद लाभांश बैंक खातामा जम्मा भएको छ भने बोनस शेयर डिम्याट खातामा पठाइसकेको छ ।

कम्पनीको ६२ दिनको कारोबार अवधिको अन्तिम दिनमा सेतो क्लोजिङ मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत देखाउँछ । आरएसआई न्युट्रल जोन ५० दशमलव शून्य ३ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । स्ट्यान्डर्ड डेभिएशन २ दशमलव शून्य ५ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । बुधवारको शेयरमूल्य रू. ४०७ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ४१४ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ३८६ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)