ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मल्टिपर्पोज फाइनान्स : कम्पनी विश्लेषण (बिहीवार, २६ असार २०७६)

Jul 11, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
असार २३ गतेदेखि कम्पनीले ८६५ प्रतिशत हकप्रद शेयर जारी गरेको छ । साउन २६ गतेसम्म विक्रीमा रहने गरी कम्पनीले ३५ लाख ८५ हजार २६४ कित्ता हकप्रद शेयर जारी गरेको हो । उक्त हकप्रद शेयर प्रयोजनका लागि कम्पनीले असार ११ गते बुक क्लोज गरेको छ । असार १० गतेसम्म कायम शेयरधनीले हकप्रद खरीदका लागि आवेदन दिन सक्छन् । विक्रीप्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड छ । हाल कम्पनीको चुक्तापूँजी रू. ४ करोड १४ लाख छ । यो हकप्रद शेयर निष्कासन तथा बाँडफाँट गरेपछि पूँजी रू. ४० करोड पुग्नेछ । बुधवारको शेयर कारोबारमा कम्पनीको अन्तिम शेयरमूल्य रू. १४१ कायम भएको छ । यो अघिल्लो दिनको तुलनामा ६ अंक बढी हो ।

कम्पनीको ५२ दिनको कारोबार अवधिको अन्तिम दिनमा सेतो ओपनिङ मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत देखाउँछ । आरएसआई न्युट्रल जोन ४१ दशमलव ६५ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ५ दशलमव ९५ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखा र २६ दिने मूल्यरेखाको बीचमा छ । बुधवारको शेयरमूल्य रू. १४१ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. २३६ मा प्रतिरोध पाउने र मूल्य रू. ११९ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)