ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेरुडे लघुवित्त वित्तीय संस्था : कम्पनी विश्लेषण (बिहीवार, २६ असार २०७६)

Jul 11, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
कम्पनीको शेयरमूल्य १ वर्षको कारोबार अवधिमा अधिकतम रू. २७५ र न्यूनतम रू. ११९ पुगेको छ । बुधवार कम्पनीको शेयरमूल्य रू. ४८१ कायम भएको छ । सो दिन कम्पनीको ७३८ कित्ता शेयर खरीदविक्री भएको छ । कम्पनीले हाल ३० ओटा जिल्लामा ८४ ओटा शाखा तथा उपशाखा कार्यालयमार्फत १ लाख ३३ हजार ४४ विपन्न परिवारलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ । कम्पनीले चालू आवको ९ महीनामा रू. ७ करोड ९७ लाख नाफा कमाएकोे हो । यो नाफा गत आवको तुलनामा ११३ प्रतिशत बढेको हो । गत आवको सोही अवधिमा रू. ३ करोड ७२ लाख नाफा कमाएको थियो । चालू आवको चैत मसान्तसम्ममा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेकाले नाफामा वृद्धि भएको हो ।

कम्पनीको ६२ दिनको कारोबार अवधिको अन्तिम दिनमा इन्भर्टेड ह्याम्मर आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य बुलिशमा रिभर्स हुने संकेत गर्छ । विश्वसनीयता भने सामान्य छ । आरएसआई न्युट्रल जोन ४५ दशमलव शून्य ५ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन २ दशलमव ४१ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखा र २६ दिने मूल्यरेखाभन्दा तल छ । बुधवारको शेयरमूल्य रू. ४८१ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ५०३ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ४७४ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)