ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आशा लघुवित्त वित्तीय संस्था : कम्पनी विश्लेषण (शुक्रवार, २७ असार २०७६)

Jul 12, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Kishwor Bam
आशा लघुवित्त विगत फागुन २७ गतेदेखि धितोपत्र दोस्रो बजारमा कारोबारमा आएको यस कम्पनीको शेयरमूल्य अधिकतम रू. ५१० सम्म पुगेको छ । कम्पनीको कारोबार प्रतिकित्ता रू. ३०६ बाट शुरू भएको थियो । कम्पनीले गत चैत मसान्तसम्मको वित्तीय विवरण अनुसार रू. १ करोड ४५ लाख खुद नाफा कमाएको छ । सो अवधिमा कम्पनीले रू. ६२ लाख ४ हजार खराब कर्जा उठाएको थियो । सर्वसाधारणलाई आईपीओ जारी गरेपछि चुक्ता पूँजी रू. २० करोड ७४ लाख पुगेको छ । हाल कम्पनीले ४५ ओटा शाखा कार्यालयबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ । बिहीवारको शेयर कारोबारमा कम्पनीको अन्तिम मूल्य प्रतिकित्ता रू. ३९० कायम भएको छ । यो बुधवारको तुलनामा १४ अंक कम हो ।

कम्पनीको ६२ दिनको कारोबार अवधिलाई लिएर गरिएको मैनबत्ती विश्लेषणमा अन्तिम दिनमा क्लोजिङ ब्ल्याक मारुबोजु आकृति बनेको छ । यस दिन अन्तिम मूल्य र खुला मूल्य बराबर छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्न सक्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ३८ दशमलव ६७ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ६ दशमलव २४ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । बिहीवारको शेयरमूल्य रू. ३९० देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ४०४ मा प्रतिरोध र मूल्य सस्तिएमा रू. ३८९ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)