ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

हिमालयन ऊर्जा विकास कम्पनी : कम्पनी विश्लेषण (शुक्रवार, २७ असार २०७६)

Jul 12, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Kishwor Bam
जेठ ८ गतेदेखि दोस्रो बजारमा कारोबार भएको हिमालयन ऊर्जा विकास कम्पनीको शेयरमूल्य रू. १३९ पुगेको छ । दोस्रो बजारमा प्रतिकित्ता रू. १४४ बाट शुरू भएको कारोबार ६ दिनमा नै प्रतिकित्ता रू. १६० पुगेको थियो । सो मूल्यमा पुगेपछि केही लगानीकर्ताले शेयर विक्री गर्न आउँदा शेयरमूल्य घटेको हो । कम्पनीले सर्वसाधारणका लागि १३ लाख ६६ हजार २०० कित्ता साधारण शेयर जारी गरेको थियो । कम्पनीले रामेछाप र दोलखा जिल्लाको सीमा भएर बग्ने खिम्ती खोलामा १२ मेगावाटको उपल्लो खिम्ती र ७ मेगावाटको अपर खिम्ती–२ गरी कुल १९ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । कम्पनीका अनुसार १९ मेगावाट क्षमताको आयोजना निर्माण गर्न करीब रू. ३ अर्ब १५ करोड कुल लागतको अनुमान गरिएको छ । यसरी हेर्दा प्रतिमेगावाट लागत करीब रू. १६ करोड ५६ लाख मात्र हुने देखिन्छ । कम्पनीको ३४ दिनको कारोबार अवधिलाई लिएर गरिएको मैनबत्ती विश्लेषणमा अन्तिम दिनमा कालो मैनबत्ती आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत देखाउँछ । आरएसआई न्युट्रल जोन ४५ दशमलव ५५ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन शून्य दशमलव ४ विन्दुमा छ । उतारचढाव कम छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । बिहीवारको शेयरमूल्य रू. १४० देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १४६ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. १३१ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)