ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पाँचथर पावर कम्पनी : कम्पनी विश्लेषण (शुक्रवार, २७ असार २०७६)

Jul 12, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Kishwor Bam

वैशाख १९ गते धितोपत्र दोस्रो बजारमा सूचीकृत भएको यस कम्पनीको हालसम्म ३५ दिन शेयर कारोबार भएको छ । कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले शेयरमूल्य प्रतिकित्ता रू. ८६ दशमलव ६२ देखि २५९ दशमलव ८६ सम्म मूल्यरेन्ज तोकेको थियो । दोस्रो बजारमा प्रतिकित्ता शेयरमूल्य रू. २५५ बाट कारोबार शुरू भएको थियो । बिहीवार कम्पनीको शेयरमूल्य अघिल्लो दिनको तुलनमा स्थिर रही रू. १३६ कायम भएको छ । यस दिन न्यूनतम रू. १३५ देखि अधिकतम रू. १३७ सम्म कम्पनीको १ हजार १० कित्ता कारोबार भएको छ । कम्पनीको चुक्ता पूँजी रू. ९६ करोड २५ लाख छ । कम्पनीको ३४ दिनको कारोबार अवधिलाई लिएर गरिएको मैनबत्ती विश्लेषणमा अन्तिम दिनमा टुप्पी भएको कालो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बुलिशमा रिभर्स हुने संकेत गर्छ । विश्वसनीयता भने कम छ । आरएसआई न्युट्रल जोन २८ दशमलव २४ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १ दशमलव ६२ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखालाई माथिबाट काटेर तल गएको छ । बिहीवारको शेयरमूल्य रू. १३६ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १३९ मा प्रतिरोध पाउने देखिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)