ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गरिमा विकास बैंक : कम्पनी विश्लेषण (आइतवार, २९ असार २०७६)

Jul 14, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found १ वर्षको कारोबार अवधिमा बैंकको शेयरमूल्य रू. २३८ पुगेको छ भने न्यून मूल्य रू. १७० रहेको छ । बिहीवार बैंकको शेयरमूल्य रू. २२२ कायम भएको छ । सो दिन बैंकको ११ हजार ९४ कित्ता शेयर खरीदविक्री भएको छ । तेस्रो त्रैमासमा बैंकले रू. ४२ करोड ३७ लाख नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ५० प्रतिशत वृद्धि भएको हो । सो अवधिमा बैंकले रू. २८ करोड १५ लाख नाफा कमाएको थियो । बैंकले गत आवको नाफाबाट १० प्रतिशत बोनस शेयर शेयरधनीलाई वितरण गरेको हो । हालसम्ममा बैंकले ७६ शाखा कार्यालयबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

कम्पनीको ६२ दिनको कारोबार अवधिको अन्तिम ३ दिनको मैनबत्ती आकृति हेर्दा शेयरमूल्यले टेवा पाउन खोजेको देखिन्छ । आरएसआई न्यूट्रल जोन ४८ दशमलव २६ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । स्ट्यान्डर्ड डेभिएशन शून्य दशमलव ९७ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । बिहीवारको शेयरमूल्य रू. २२२ देखि बजार अवस्था परिवर्तन भई महँगिएमा रू. २२७ मा प्रतिरोध पाउने र सस्तिएमा रू. २२० मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)