गुराँस लाइफ इन्स्योरेन्स कम्पनी : कम्पनी विश्लेषण (आइतवार, २९ असार २०७६)
Jul 14, 2019
 
लगानी
कम्पनी विश्लेषण
कम्पनीले ५० प्रतिशत हकप्रद शेयरमा नबिकेको शेयर साउन ४ गतेदेखि लीलामी विक्री गर्ने भएको छ । कम्पनीले ९० हजार ५७१ कित्ता सस्थापक शेयर लीलामी विक्री गर्न लागेको हो । शिलबन्दी बोलपत्र पेश गर्ने अन्तिम दिन साउन १० गतेसम्म छ । शेयरको न्यूनतम मूल्य प्रतिशेयर रू. १ सय तोकिएको हुँदा सोभन्दा बढी मूल्य अंकितमा बोलकबोल गर्नुपर्नेछ । पूँजी वृद्धिका लागि २०७५ चैत २८ गतेदेखि २०७६ जेठ १ गते सम्म ५० प्रतिशत हकप्रद शेयर निष्कासन गरेको थियो । उक्त हकप्रद शेयर कम्पनीले निष्कासन गरेको हो । ५० प्रतिशत हकप्रद शेयर निष्कासनपछि कम्पनीको चुक्तापूँजी रू. ८९ करोड १० लाख पुग्नेछ । साथै कम्पनीले २०७३÷७४ को मुनाफाबाट शेयरधनीलाई ८ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सो बोनस शेयर वितरणपछि पूँजी रू. ९३ करोड ८५ लाख पुग्नेछ । अझै बीमा समितिले तोकेको चुक्तापूँजी पुगेको छैन ।
कम्पनीको ६१ दिनको कारोबार अवधिलाई लिएर गरिएको मैनबत्ती विश्लेषणमा अन्तिम दिन इन्गल्फिङ बियरिश आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य बियरिशमा रिभर्स हुने संकेत देखाउँछ । विश्वसनीयता भने सामान्य छ । आरएसआई न्युट्रल जोन ३३ दशमलव ७२ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ५ दशमलव ७६ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल रहेको छ । बिहीवारको शेयरमूल्य रू. ४६६ देखि बजारको अवस्था परिवर्तन भई महँगिएमा रू. ४८३ मा प्रतिरोध पाउने र सस्तिएमा रू. ४६१ मा टेवा पाउने देखिन्छ ।