जोशी हाइड्रोपावर : कम्पनी विश्लेषण (आइतवार, २९ असार २०७६)
Jul 14, 2019
 
लगानी
कम्पनी विश्लेषण
सर्वसाधारणलाई आईपीओ जारी गरी वैशाख ३० गतेदेखि कारोबार शुरू गरेको हो । बिहीवार कम्पनीको शेयरमूल्य रू. ७६ कायम भएको छ । सो दिन कम्पनीको १ हजार ५० कित्ता शेयर खरीदविक्री भएको हो । कम्पनीको आयोजनास्थल इलामको इलाम नगरपालिका ४ माईपोखरीमा छ । सम्बन्धित निकायबाट स्वीकृति लिई नेपालका अन्य स्थानहरूमा आयोजना निर्माण गर्ने क्रममा कम्पनीले कार्यालय खोल्न सक्नेछ ।
कम्पनीको ३४ दिनको कारोबार अवधिलाई लिएर गरिएको मैनबत्ती विश्लेषणमा अन्तिम दिन कालो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत देखाउँछ । आरएसआई ओभरसोल्ड जोन १४ दशमलव शून्य ४ विन्दुमा छ । यसले शेयर विक्री चाप बढेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १ दशमलव १६ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । बिहीवार कम्पनीको शेयरमूल्य ३४ दिनकै न्यून रू. ७६ रहेको छ ।