ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिटी एक्सप्रेस फाइनान्स : कम्पनी विश्लेषण (मंगलवार, ३१ असार २०७६)

Jul 16, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found कम्पनीको शेयरमूल्य १ वर्षको कारोबार अवधिमा अधिकतम रू. १८६ र न्यूनतम रू. ९४ पुगेको छ । सोमवार कम्पनीको शेयरमूल्य रू. १०० कायम भएको छ । सो दिन कम्पनीको १२० कित्ता शेयर खरीदविक्री भएको छ । कम्पनीले पूँजीवृद्धिका लागि शत प्रतिशत हकप्रद शेयर जारी गर्न केयर रेटिङ गराएको छ । केयर रेटिङ नेपालले ग्रेड ५ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको आधारभूत पक्ष औसतभन्दा कमजोर रहेको देखाउँछ । कम्पनीले २०७४ मङ्सिर २४ गतेदेखि समस्याग्रस्त अवस्थाबाट मुक्त भएपछि निक्षेप फिर्ता भुक्तानी तथा पुरानो कर्जा असुलीलाई निरन्तरता दिएको छ । अर्कोतर्फ व्यवसाय वृद्धिका लागि समेत आन्तरिक गृहकार्यमा लागेकाले मौज्दात, कर्जा प्रवाह असुलीमा सामान्य वृद्धि देखिएको कम्पनीले प्रकाशित तेस्रो त्रैमासिक वित्तीय विवरणमा उल्लेख गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. ३ दशमलव १६ र प्रतिशेयर नेटवर्थ रू. ५३ दशमलव २१ छ ।

कम्पनीको ४६ दिनको कारोबार अवधिको अन्तिम दिनमा फोर प्राइस डोजी आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य घट्ने अथवा बढ्ने कुनै पनि निश्चित संकेत देखाउँदैन । यस्तो अवस्थामा कम्पनीको आधारभूत पक्ष हेरेर लगानी गरेमा राम्रो प्रतिफल पाउन सकिन्छ । आरएसआई न्युट्रल जोन ४७ दशमलव ७७ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन शून्य दशमलव ८ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । सोमवारको शेयरमूल्य रू. १०० देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १०२ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ९८ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)