ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नागरिक लगानी कोष : कम्पनी विश्लेषण (मंगलवार, ३१ असार २०७६)

Jul 16, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found कम्पनीको शेयरमूल्य १ वर्षको कारोबार अवधिमा अधिकतम रू. २ हजार ८७४ र न्यूनतम रू. १ हजार ५७७ पुगेको छ । सोमवार कम्पनीको शेयरमूल्य रू. २ हजार ४२८ कायम भएको छ । सो दिन कम्पनीको १ हजार १६५ कित्ता शेयर खरीदविक्री भएको छ । कम्पनीले गतवर्षको नाफाबाट शेयरधनीलाई २२ प्रतिशत बोनस शेयर र १ दशमलव १६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको २०७५ फागुन २८ गते बसेको कोष सञ्चालक समितिले उक्त निर्णय गरेको हो । कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीले उक्त लाभांश पाउनेछन् । कम्पनीले चालू आवको चैत मसान्तसम्ममा रू. २८ करोड ७७ लाख नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा २० प्रतिशत बढी हो । गत आवको चैत मसान्तसम्ममा कम्पनीले रू. २३ करोड ७९ लाख नाफा कमाएको थियो ।

कम्पनीको ६३ दिनको कारोबार अवधिको अन्तिम दिनमा कालो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत देखाउँछ । आरएसआई न्युट्रल जोन ३७ दशमलव ७२ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ४ दशलमव ७५ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखा र २६ दिने मूल्यरेखाभन्दा तल छ । सोमवारको शेयरमूल्य रू. २ हजार ४२८ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. २ हजार ४८९ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. २ हजार ४२५ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)