आईसीएफसी फाइनान्स : कम्पनी विश्लेषण (मंगलवार, ३१ असार २०७६)
Jul 16, 2019
 
लगानी
कम्पनी विश्लेषण
कम्पनीले गत आवको नाफाबाट शेयरधनीलाई ८ प्रतिशत नगद लाभांश वितरण गरेको छ । चालू आवको ९ महीनामा कम्पनीले रू. ९ करोड ५५ लाख १९ हजार खुद नाफा कमाएकोे छ । हाल कम्पनीको चुक्तापूँजी रू. ८८ करोड २१ लाख छ भने रिजर्भ कोषमा रू. ३० करोड ७९ लाख छुट्याएको छ । सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू. १४ दशमलव ४४ छ । सोमवार कम्पनीको खरीदविक्री माग रहे पनि म्याचिङ नभएर कारोबार हुन सकेन । आइतवार कम्पनीको अन्तिम शेयरमूल्य रू. १६३ कायम भएको छ । सो दिन कम्पनीको ५०० कित्ता शेयर कारोबार भएको छ ।
कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिन फोर प्राइस डोजी आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने अथवा बढ्ने कुनै पनि निश्चित संकेत देखाउँदैन । यस्तो अवस्थामा कम्पनीको आधारभूत पक्ष हेरेर लगानी गरेमा राम्रो प्रतिफल पाउन सकिन्छ । आरएसआई न्युट्रल जोन ५४ दशमलव शून्य ८ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १ दशमलव शून्य १ विन्दुमा छ । उतारचढाव न्यून छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा माथि छ । आइतवारको शेयरमूल्य रू. १६३ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १६४ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. १५८ मा टेवा पाउने देखिन्छ ।