ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लक्ष्मी बैंक : कम्पनी विश्लेषण (मंगलवार, ३१ असार २०७६)

Jul 16, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found बैंकले मर्जरमा जान नेपाल राष्ट्र बैंकमा लिखित प्रतिबद्धता बुझाएको छ । यसअघि बैंकले संस्थापकतर्फको ९ लाख ५ हजार ५१२ दशमलव ४५ कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिणत गरेको छ । शेयर परिवर्तनपछि बैंकको शेयर स्वामित्व संस्थापकतर्फ ५१ र सर्वसाधारणतर्फ ४९ प्रतिशत कायम भएको छ । हाल बैंकको चुक्ता पूँजी रू. ८ अर्ब ९२ करोड ५ लाख ९ हजार छ । यस आर्थिक वर्षको ९ महीनासम्म बैंकले रू. १ अर्ब २ करोड ९६ लाख ३३ हजार खुद नाफा आर्जन गरेको छ । उक्त अवधिमा बैंकको वितरणयोग्य नाफा रू. ७० करोड ५५ लाख ३६ हजार छ । सोमवार भएको शेयर कारोबारमा बैंकको शेयरमूल्य अघिल्लो दिनभन्दा १ अंक बढेर अन्तिम मूल्य रू. २२६ कायम भएको छ । यस दिन बैंकको ८ हजार ५८२ कित्ता शेयर खरीदविक्री भएको छ ।

कम्पनीको ६२ दिनको कारोबार अवधिको अन्तिम दिनमा ह्याम्मर आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य बुलिशमा रिभर्स हुने संकेत देखाउँछ । विश्वसनीयता भने सामान्य छ । आरएसआई न्युट्रल जोन ५५ दशमलव ८ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १ दशमलव शून्य १ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखा र २६ दिने औसत मूल्यरेखाभन्दा माथि छ । सोमवारको शेयरमूल्य रू. २२६ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. २२९ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. २२४ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)