नेशनल हाइड्रोपावर : कम्पनी विश्लेषण (बुधवार, १ साउन २०७६)
Jul 17, 2019
 
लगानी
कम्पनी विश्लेषण
नेशनल हाइड्रोपावर कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ३८ करोड ५९ लाख ११ हजार छ । कम्पनीको रिजर्भ कोषमा रू. ४१ करोड ३० लाख ५ हजार ऋणात्मक देखिन्छ । कम्पनीले यस आर्थिक वर्षको ९ महीनासम्मको वित्तीय विवरण अनुसार रू. ११ करोड ७० लाख ९ हजार कर्जा लिएको देखिन्छ । यस अवधिमा कम्पनीले रू. २२ लाख १९ हजार खुद नाफा आर्जन गरेको छ । यस वर्ष ९ महीनामा कम्पनीले विद्युत् विक्रीबाट रू. ३ करोड ४३ लाख ५७ हजार आम्दानी गरेको छ । मंगलवारको कारोबारमा कम्पनीको शेयरमूल्य अघिल्लो दिनभन्दा १ अंक घटेर रू. ६४ कायम भएको छ । कम्पनीको ६२ दिनको कारोबारलाई हेर्दा शेयरमूल्य अंकित मूल्यभन्दा कम नै छ ।
कम्पनीको ६२ दिनको कारोबार अवधिको अन्तिम दिनमा ग्रेभस्टोन डोजी आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बुलिशमा रिभर्स हुने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ३८ दशमलव ९ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन शून्य दशमलव ४८ विन्दुमा छ । उतारचढाव न्यून छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखा र २६ दिने औसत मूल्यरेखाभन्दा तल छ । मंगलवारको शेयरमूल्य रू. ६४ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ६७ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ६४ मा टेवा पाउने देखिन्छ ।