ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ओरियन्टल होटल्स लिमिटेड : कम्पनी विश्लेषण (बुधवार, १ साउन २०७६)

Jul 17, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found ओरियन्टल होटल्स लिमिटेडको १ वर्षको कारोबार अवधिमा कम्पनीको शेयरमूल्य अधिकतम रू. ६९५ र न्यूनतम रू. ४१० पुगेको छ । कम्पनीले गत आवको नाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर वितरण गरेको छ । मंगलवार कम्पनीको शेयरमूल्य रू. ६०७ कायम छ । कम्पनीले चालू आवको ९ महीनासम्म रू. २० करोड ७४ लाख नाफा कमाएको छ । हाल कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ७ करोड छ । रिजर्भ कोषमा रू. १ अर्ब ८ करोड छ ।

कम्पनीको ६३ दिनको कारोबार अवधिको अन्तिम दिनमा कालो मैनबत्ती आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य घट्ने संकेत देखाउँछ । आरएसआई न्युट्रल जोन ४७ दशमलव ६७ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । स्ट्यान्डर्ड डेभिएशन २ दशमलव ९२ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखा र २६ दिने औसत मूल्य रेखाभन्दा तल छ । मंगलवारको शेयरमूल्य रू. ६०७ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ६१८ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ६०७ मा नै टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)