सोल्टी होटल : कम्पनी विश्लेषण (बुधवार, १ साउन २०७६)
Jul 17, 2019
 
लगानी
कम्पनी विश्लेषण
१ वर्षको कारोबार अवधिमा कम्पनीको शेयरमूल्य अधिकतम रू. २६० र न्यूनतम रू. १९९ पुगेको छ । मंगलवार कम्पनीको शेयरमूल्य रू. २४४ कायम भएको छ । यस दिन शेयरमूल्य ११ अंक बढेको छ । यस दिन कम्पनीको सय कित्ता शेयर खरीदविक्री भएको छ । कम्पनीले गत आवको नाफाबाट आना शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र १६ दशमलव ३१ प्रतिशत नगद लाभांश वितरण गरेको छ । कम्पनीले यस वर्षको ९ महीनामा रू. १ अर्ब ३१ करोड आम्दानी गरेको छ । चुक्ता पूँजी रू. ६६ करोड ६० लाख छ । रिजर्भ कोषमा रू. ८९ करोड ४२ लाख छ ।
कम्पनीको ६३ दिनको कारोबार अवधिको अन्तिम दिनमा फोर प्राइस डोजी आकृति भएको मैनबत्ती बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य बढ्ने अथवा घट्ने कुनै पनि निश्चित संकेत गर्दैन । यस्तो अवस्थामा कम्पनीको आधारभूत पक्षलाई हेरेर लगानी गर्दा राम्रो प्रतिफल प्राप्त हुन सक्छ । आरएसआई न्युट्रल जोन ६६ दशमलव ३१ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । स्ट्यान्डर्ड डेभिएशन ५ दशमलव ६३ विन्दुमा छ । उतारचढाव सामान्य छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग जोडिएका छन् । हालको मूल्यरेखा यी दुवै रेखाभन्दा माथि छ । मंगलवारको शेयरमूल्य रू. २४४ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. २४८ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. २२८ मा टेवा पाउने देखिन्छ ।