तारागाउँ रिजेन्सी होटल्स : कम्पनी विश्लेषण (बुधवार, १ साउन २०७६)
Jul 17, 2019
 
लगानी
कम्पनी विश्लेषण
कम्पनीको शेयरमूल्य १ वर्षको कारोबार अवधिमा अधिकतम रू. ३२७ र न्यूनतम रू. २२७ छ । मंगलवार भने कम्पनीको शेयर कारोबार भएको छैन । सोमवार कम्पनीको अन्तिम शेयरमूल्य रू. ३१६ कायम भएको थियो । कम्पनीले गतवर्षको मुनाफाबाट शेयरधनीलाई १२ दशमलव ६३१ प्रतिशत नगद लाभांश वितरण गरेको छ । कम्पनीको जेठ २४ गते सम्पन्न वार्षिक साधारणसभाले उक्त नगद लाभांश पारित गरेको थियो । यो वर्षको ९ महीनासम्म कम्पनीले रू. १ अर्ब ४ करोड ४८ लाख ३२ हजार आम्दानी गरेको छ । हाल कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ८८ करोड ६६ लाख ५४ हजार छ भने जगेडा कोषमा रू. ७७ करोड ७७ लाख ७९ हजार छ ।
कम्पनीको ५० दिनको कारोबार अवधिको अन्तिम दिनमा टुप्पी र पुच्छर भएको सेतो मैनबत्ती आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत देखाउँछ । आरएसआई न्युट्रल जोन ५८ दशमलव ७५ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । स्ट्यान्डर्ड डेभिएशन २ दशमलव २८ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । १४ दिने औसत मूल्यरेखा र २६ दिने औसत मूल्यरेखाभन्दा हालको मूल्यरेखा माथि छ । मंगलवारको शेयरमूल्य रू. ३१६ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ३२२ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ३०४ मा टेवा पाउने देखिन्छ ।