ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

छिमेक लघुवित्त वित्तीय संस्था : कम्पनी विश्लेषण (शुक्रवार, ३ साउन २०७६)

Jul 19, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found छिमेक लघुवित्तले आर्थिक वर्ष २०७४/७५ मा शेयरधनीहरूका लागि १८ प्रतिशत बोनस शेयर र २२ प्रतिशत नगद लाभांश दिएको छ । कम्पनीले जेठ ५ गतेदेखि उक्त लाभांश वितरण शुरू गरेको छ । कम्पनीको १ वर्षको कारोबारमा शेयरमूल्य अधिकतम रू. १ हजार ११९ र न्यूनतम रू. ८०८ पुगेको छ । कम्पनीले ९ महीनामा रू. ६४ करोड ३० लाख नाफा कमाएको छ । कम्पनीले गत आवको सोही अवधिमा रू. ३५ करोड ८१ लाख नाफा कमाएको थियो । यो गत आवको तुलनामा ७९ प्रतिशत बढी हो । बुधवारको कारोबारमा कम्पनीको शेयरमूल्य रू. ९७४ कायम छ । यो अघिल्लो दिनको तुलनामा ९ अंक बढी हो ।

कम्पनीको ६४ दिनको कारोबार अवधिको अन्तिम दिनमा ओपनिङ ह्वाइट मारुबोजु आकृति भएको मैनबत्ती बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य बढ्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ६५ दशमलव २५ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ११ दशमलव ३५ विन्दुमा छ । उतारचढाव सामान्य छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखाभन्दा तल र २६ दिने मूल्यरेखाभन्दा माथि छ । बिहीवारको शेयरमूल्य रू. ९७४ देखि बजारको अवस्था परिवर्तन भई मूल्य बढेमा रू. ९६० मा प्रतिरोध र मूल्य घटेमा रू. ९४३ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)