ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेशनल लाइफ इन्स्योरेन्स : कम्पनी विश्लेषण (शुक्रवार, ३ साउन २०७६)

Jul 19, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found जीवन बीमा कम्पनीहरूले पुर्‍याउनुपर्ने रू. २ अर्ब चुक्ता पूँजी पु¥याएर पनि लगानीकर्तालाई बोनस शेयर प्रदान गरेको यस कम्पनीको चुक्ता पूँजी रू. ३ अर्ब ७४ लाख ४० हजार पुगेको छ । कम्पनीले आर्थिक वर्ष २०७४÷७४ को मुनाफाबाट यस वर्ष १३ दशमलव ५ प्रतिशत बोनस शेयर दिएको हो । तेस्रो त्रैमासमा कम्पनीले रू. ३० करोड ६० लाख १९ हजार खुद नाफा कमाएको छ । कम्पनीको खुद नाफा गतवर्षको सोही अवधिमा रू. २२ करोड २० लाख ५२ हजार थियो । यस अवधिमा रू. ४ अर्ब ९२ करोड १३ लाख ४१ हजार कुल बीमा शुल्क आर्जन गरेको कम्पनीमा हाल ७ लाख ८ हजार ३६० बीमालेख कायम छ । कम्पनीले राष्ट्रिय सञ्जाललाई अरू प्रभावकारी रूपमा सञ्चालन गरी नयाँ बीमा योजना बजारमा ल्याउने लक्ष्य लिएको छ । बिहीवारको कारोबारमा कम्पनीको अन्तिम शेयरमूल्य अघिल्लो कारोबारभन्दा ११ अंक बढेर रू. ६०५ कायम भएको छ । कम्पनीको ६३ दिनको कारोबार अवधिको अन्तिम दिनमा सेतो पुच्छर र अलि ठुलो टुप्पी भएको मैनबत्ती बनेको छ । यस्तो आकृतिले आगामी दिनमा शेयरमूल्य बढ्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ५२ दशमलव १२ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ९ दशलमव ३२ विन्दुमा छ । उतारचढाव सामान्य छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखाभन्दा माथि छ । हालको मूल्य २६ दिने रेखासँग थोरै तलबाट जोडिएको छ । बिहीवारको शेयरमूल्य रू. ६०५ देखि बजारको अवस्था परिवर्तन भई महँगिएमा रू. ६२७ मा प्रतिरोध पाउने र सस्तिएमा रू. ५८५ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)