ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एनएलजी इन्स्योरेन्स कम्पनी : कम्पनी विश्लेषण (शुक्रवार, ३ साउन २०७६)

Jul 19, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found कम्पनीले २०७५/७६ को लाभांश नदिने भएको छ । एनएफआरएस प्रणाली अनुसार रू. २४ करोड ७६ लाख नाफा आर्जन गरे पनि जगेडा कोषमा कायम गर्नुपर्ने भएकाले लाभांश नदिने भएको हो । कम्पनीले लाभांश नदिने भएपछि कम्पनीको शेयरमूल्य घटेको छ । बिहीवार कम्पनीको शेयरमूल्य ११ अंक घटेर रू. ७३६ मा बन्द भएको छ । सो दिन कम्पनीको ४ हजार ३३४ कित्ता शेयर खरीदविक्री भएको छ । कम्पनी पूँजीवृद्धिका लागि ६० प्रतिशत हकप्रद शेयर जारी गर्ने तयारीमा छ । नियामक निकाय बीमा समिति र सेबोनबाट स्वीकृति पाएपछि कम्पनीले उक्त हकप्रद निष्कासन गर्नेछ । उक्त हकप्रदलाई इक्रा नेपालले ग्रेड ३ रेटिङ प्रदान गरेको छ । ग्रेड ३ रेटिङले कम्पनीको आधारभूत पक्ष औसतमा रहेको देखाउँछ । हाल कम्पनीको चुक्तापूँजी रू. ६४ करोड ४ लाख छ । ६० प्रतिशत हकप्रद शेयर निष्कासनपछि पूँजी रू. १ अर्ब पुग्नेछ । कम्पनीको ६३ दिनको कारोबार अवधिको अन्तिम दिनमा कालो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य घट्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ४३ दशमलव ६८ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १० दशलमव ६१ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्यले १४ दिने औसत मूल्यरेखा र २६ दिने मूल्यरेखालाई तलबाट माथि पुगेर काटेको छ । हालको मूल्य १४ दिने रेखासँग जोडिएको छ । बिहीवारको शेयरमूल्य रू. ७३६ देखि बजारको अवस्था परिवर्तन भई महँगिएमा रू. ७६२ मा प्रतिरोध पाउने र सस्तिएमा रू. ७१९ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)