ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

शिखर इन्स्योरेन्स : कम्पनी विश्लेषण (शुक्रवार, ३ साउन २०७६)

Jul 19, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found कम्पनीको शेयरमूल्य १ वर्षको कारोबार अवधिमा अधिकतम रू. ९६० र न्यूनतम रू. ७३० पुगेको छ । बिहीवार कम्पनीको शेयरमूल्य स्थिर रही रू. ७८० कायम भएको छ । सो दिन कम्पनीको १ हजार ९० कित्ता शेयर खरीदविक्री भएको छ । बुधवारको तुलनामा कारोबार कित्ता भने घटेको छ । बुधवार १ हजार ३११ कित्ता शेयर कारोबार भएको थियो । कम्पनीले यस आर्थिक वर्षको ९ महीनासम्म रू. ३३ करोड ६२ लाख नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ८ प्रतिशत बढी हो । सो अवधिमा कम्पनीले रू. ३१ करोड १ लाख नाफा कमाएको थियो । चैत मसान्तसम्ममा कम्पनीले पुनर्बीमा कमिशनबाट रू. २८ करोड २४ लाख आम्दानी गरेको छ । हाल कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ५ करोड छ । कम्पनीले आव २०७३/७४ को मुनाफाबाट शेयरधनीलाई २९ प्रतिशत बोनस शेयर वितरण गरेको छ । कम्पनीको ६४ दिनको कारोबार अवधिलाई लिएर गरिएको मैनबत्ती विश्लेषणमा अन्तिम दिनमा सामान्य डोजी आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य बढ्ने अथवा घट्नेमा निश्चित संकेत भने गर्दैन । लगानीकर्तामा ‘पर्ख र हेर’को अवस्था सृजना भएको छ । आरएसआई न्युट्रल जोन ४८ दशमलव ९९ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ५ दशमलव ३१ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा माथि छ । बुधवारको शेयरमूल्य रू. ७८० देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ८०६ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ७३० मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)