ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सूर्या लाइफ इन्स्योरेन्स : कम्पनी विश्लेषण (शुक्रवार, ३ साउन २०७६)

Jul 19, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले जारी गर्न लागेको ७० प्रतिशत हकप्रद शेयरलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । कम्पनीले पूँजीवृद्धिका लागि हकप्रद शेयर जारी गर्न लागेको हो । ग्रेड ४ रेटिङले कम्पनीको आधारभूत पक्ष औसतभन्दा तल रहेको संकेत गर्छ । बीमा समितिले जीवन बीमा कम्पनीको चुक्ता पूँजी रू. २ अर्ब पुर्‍याउन निर्देशन दिएसँगै कम्पनीले हकप्रद शेयर जारी गर्ने प्रक्रिया अगाडि बढाएका हो । यसअघि कम्पनीले शेयरधनीलाई १२ प्रतिशत बोनस शेयर र रू. ७१ लाख ४८ हजार ८४२ नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गरेको छ । कम्पनीको असार ११ गते सम्पन्न वार्षिक साधारणसभाले उक्त लाभांश पारित गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब १३ करोड छ । कम्पनीले ७० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनबाट स्वीकृति पाएको छ । कम्पनीको ६४ दिनको कारोबार अवधिलाई लिएर गरिएको मैनबत्ती विश्लेषणमा अन्तिम दिनमा ह्याम्मर आकृति बनेको छ । यस आकृतिले कम्पनीको शेयरमूल्य बुलिशमा रिभर्स हुने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ४३ दशमलव ३२ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ३ दशमलव १२ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा माथि छ । बिहीवारको शेयरमूल्य रू. ४६६ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ४७३ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ४४२ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)