ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

फर्स्ट माइक्रोफाइनान्स : कम्पनी विश्लेषण (आइतवार, ५ साउन २०७६)

Jul 21, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found

गत आवको चौथो त्रैमास (असार मसान्त)सम्म कम्पनीले रू. १३ करोड ३२ लाख नाफा कमाएको छ । कम्पनीको नाफा अघिल्लो वर्षको तुलनामा ३१ प्रतिशत बढेको छ । असार मसान्तसम्ममा खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । कम्पनीको चुक्तापूँजी रू. ६८ करोड ४३ लाख पुगेको छ । कम्पनीको प्रतिशेयर आम्दानी १९ दशमलव ४६, मूल्य आम्दानी अनुपात १९ दशमलव २७, प्रतिशेयर नेटवर्थ रू. १३३ दशमलव ८१ र तरलता अनुपात १० दशमलव ५३ रहेको छ । कम्पनीको आगामी योजना निरन्तर रूपमा गुणस्तरीय थोक लघुवित्त वित्तीय सेवा दिने कार्यमा केन्द्रित रहने, प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साझेदार संस्थाहरूमार्फत अधिकतम ऋणीहरूसम्म वित्तीय पहुँच वृद्धि गर्न व्यवस्थापनले प्रभावकारी रूपमा काम गर्नेछ । साथै यस लघुवित्त वित्तीय संस्थाले साझेदार संस्थाहरूको क्षमता अभिवृद्धसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिनेछ । 

कम्पनीको ६२ दिनको कारोबार अवधिको अन्तिम दिन कालो स्पिनिङ टप मैनबत्ती आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य अन्योलमा रहेको देखाउँछ । यस्तो अवस्थामा कम्पनीको आधारभूत विवरण हेरेर लगानी गर्नुपर्छ ।  आरएसआई न्युट्रल जोन ५० दशमलव २३ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ४ दशमलव ७३ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम र प्रतिफल पनि कम प्राप्त हुने गर्दछ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजीकिएका छन् । हालको मूल्य २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्य रेखाभन्दा माथि रहेर तल आउन खोजिरहेको छ । बिहीवारको शेयरमूल्य रू. ३८५ देखि बजारको अवस्था परिवर्तन भई महँगिएमा रू. ३९१ मा प्रतिरोध पाउने र सस्तिएमा रू. ३७५ मा टेवा पाउने देखिन्छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)