ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाल इन्स्योरेन्स कम्पनी : कम्पनी विश्लेषण (आइतवार, ५ साउन २०७६)

Jul 21, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found


१ वर्षको कारोबार अवधिमा कम्पनीको शेयरमूल्य रू. ५८५ पुगेको छ भने न्यून मूल्य रू. ३४६ पुगेको हो । बिहीवार कम्पनीको शेयरमूल्य रू. ३५० कायम भएको छ । बुधवारको तुलनामा कम्पनीको शेयरमूल्य रू. ६ ले कम भएको छ । बिहीवार कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३५५ सम्म पुगेको थियो । सो दिन कम्पनीको १३ पटकको कारोबारमा १० हजार ४२५ कित्ता शेयरको रू. ३६ लाख ६८ हजार ५६० रकम बराबरको शेयर कारोबार भएको थियो । हालको चुक्तापूँजी रू. १ अर्ब १ करोड ९१ लाख कायम रहेको कम्पनीले ७ दशमलव ५ बोनस शेयर वितरणपछि कम्पनीको पूँजी रू. १ अर्ब ९ करोड पुग्नेछ । यो प्रस्ताव बीमा समिति र   कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् । यसअघि कम्पनीले पूँजीवृद्धिका लागि ६५ प्रतिशत हकप्रद शेयर निष्कासन गरेको थियो । चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले रू. १३ करोड ६ लाख नाफा कमाएको छ ।

कम्पनीको ६२ दिनको कारोबार अवधिलाई लिएर गरिएको मैनबत्ती विश्लेषणको अन्तिम दिन कालो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत देखाउँछ । आरएसआई न्युट्रल जोन ४२ दशमलव ६१ छ । यसले खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । स्ट्यान्डर्ड डेभिएशन २ दशमलव ८५ विन्दुमा छ । उतारचढाव न्यून देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुने र प्रतिफल पनि कम पाउने देखिन्छ । त्यस्तै मुभिङ एभरेज १४ दिने औसत मूल्यरेखा र २६ दिने औसत रेखा एकआपसमा नजिकिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । बिहीवारको शेयरमूल्य रू. ३५० देखि बजारको अवस्था परिवर्तन भई महँगिएमा रू. ३६१ मा प्रतिरोध पाउने र सस्तिएमा रू. ३४६ मा प्रतिरोध पाउने देखिन्छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)