ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

माछापुछ्रे बैंक : कम्पनी विश्लेषण (आइतवार, ५ साउन २०७६)

Jul 21, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found


बिहीवार बैंकको शेयरमूल्य रू. ४ बढेर रू. २७१ पुगेको छ  । सो दिन कम्पनीको ५० पटकको कारोबारमा १६ हजार ४१३ कित्ता शेयरको रू. ४४ लाख ६६ हजार ३०८ कित्ता शेयर कारोबार भएको छ । वाणिज्य बैंकहरूमा सबैभन्दा पहिला चौथो वित्तीय विवरण सार्वजनिक गरेको यस बैंकले रू. रू. १ अर्ब ७० करोड नाफा गरेको छ । असार मसान्तसम्म बैंकको वितरणयोग्य नाफा रू. १ करोड ३२ लाख छ । कम्पनीको नाफा अघिल्लो आवको तुलनामा ३६ प्रतिशत वृद्धि भएको छ । बैंकको चुक्तापूँजी रू. ८ अर्ब ५ करोड पुगेको छ । बैंकको निष्क्रिर्य कर्जा गत आवको तुलनामा १५ प्रतिशत घटेर शून्य दशमलव ३७ प्रतिशतमा आइपुगेको छ । बैंकको प्रतिशेयर आम्दानी रू. २१ दशमलव १५ मूल्य, आम्दानी अनुपात १२ दशमलव ४८, तरलता अनुपात २३ दशमलव ६० प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १ सय ३९ दशमलव ५७ रहेको छ ।

कम्पनीको ६२ दिनको कारोबार अवधिको अन्तिम दिनमा कालो ग्रेभस्टोन डोजी आकृति बनेको छ । यस्तो आकृतिले बैंकको शेयरमूल्य बुलिशमा रिभर्स हुने संकेत गर्दछ ।  आरएसआई न्यूट्रल जोन ५९ दशमलव ३७ विन्दुमा छ । यसले शेयर खरीद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ । स्ट्यान्डर्ड डेभिएशन ४ दशमलव १२ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । १४ दिने औसत मूल्यरेखा र २६ दिने औसत मूल्य रेखाभन्दा हालको मूल्य माथि छ । बिहीवारको शेयरमूल्य रू. २७१ देखि बजारको अवस्था परिवर्तन भई महँगिएमा रू. २७८ मा प्रतिरोध पाउने र सस्तिएमा रू. २५७ मा टेवा पाउने देखिन्छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)